विश्वकै ठूलो टापु किन्ने ट्रम्पको मनशाय, संसार चकित | Khabarhub Khabarhub

विश्वकै ठूलो टापु किन्ने ट्रम्पको मनशाय, संसार चकित


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति कारोबारका क्षेत्रमा ठूलो नाम छ । उनले विश्वका विभिन्न मुलुकमा सम्पत्ति खरिद गरी विशाल भवन, होटेल, गल्फकोर्स बनाएका छन् । तर, पछिल्लो समय ट्रम्पले विश्वको सबैभन्दा ठूलो टापु नै खरिद गर्ने मनशाय व्यक्त गरेका छन् ।

ट्रम्पले विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड डेनमार्कबाट खरिद गरेर अमेरिकामा गाभ्ने मनशाय व्यक्त गरेपछि अहिले सारा संसार चकितमा परेको छ ।

अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति ट्रम्पले आफ्ना साथीहरुसँग भोजन गर्ने क्रममा संसारकै सबैभन्दा विशाल टापु ग्रिनल्याण्डलाई डेनमार्कसँग खरिद गरी अमेरिकामा गाभ्ने मनशाय व्यक्त गरेका थिए ।

उनले आफ्ना सल्लाहकार तथा साथीहरुसँग रात्रीभोजका क्रममा ‘केही हदसम्मको गम्भीरताका साथ’ ग्रिनल्याण्ड खरिद गर्ने कुरा गरेका थिए । त्यस रात्रीभोजमा सहभागीहरुले ट्रम्प ग्रिनल्याण्ड खरिद गर्न गम्भीर छन् वा उनले मजाक गरिरहेका छन्, भन्ने छुट्याउन नसकेको अमेरिकी सञ्चारमाध्यमको भनाइ छ ।

यता डेनमार्कको स्वशासित क्षेत्र ग्रिनल्याण्डले भने अमेरिकी राष्ट्रपतिको मनशायको चर्को आलोचना गरेको छ । ग्रिनल्याण्डको प्रशासनले ‘आफूहरु व्यापारका लागि खुला रहेको तर, टापु नै बिक्री गर्न भने कदापी तयार नरहेको’ टिप्पणी गरेको छ । अर्कोतर्फ डेनमार्कका पूर्व प्रधानमन्त्री लार्स लोके रस्मुसेनाले पनि ट्वीट गर्दै यसलाई ‘अप्रिल फूलको मजाक’ को संज्ञा दिँदै यसको सम्भावना नरहेको जनाएका छन् ।

के हो ग्रिनल्याण्ड ?

आन्ध्र महासागरको उत्तरमा रहेको ग्रिनल्याण्ड विश्वकै सबैभन्दा ठूलो टापु हो । ग्रिनल्याण्ड डेनिस अधिराज्य अन्तर्गतको स्वतन्त्र क्षेत्रका रुपमा रहेको छ । केबल ५६ हजार जनसङ्ख्या रहेको ग्रिनल्याण्डको अधिकांश हिस्सा हिउँले ढाकिएको छ । यहाँ युरेनियम, कोइला, जिंक, तामा, फलाम लगायतका खनिज पदार्थको ठूलो भण्डार रहेको विश्वास गरिन्छ ।

यहाँ आत्महत्या, बेरोजगारी तथा मद्यपान सेवन पनि अत्यधिक हुने गरेको छ । यसअघि सन् १८६७ मा पनि तत्कालिन अमेरिकी राष्ट्रपति एण्ड्रियू जोनसनले ग्रिनल्याण्ड खरिद गर्नेबारे चासो देखाएको अमेरिकी विदेशमन्त्रालयको अभिलेखमा उल्लेख छ । यद्यपि पछिल्लो समय सन् १९४६ मा तत्कालिन अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनले भने औपचारिक रुपमा नै डेनमार्कसँग १० करोड अमेरिकी डलरमा ग्रिनल्याण्ड खरिद गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव डेनमार्कले अस्वीकार गरेको थियो ।

इतिहासमा अमेरिकाले विभिन्न मुलुकहरुसँग भूमि खरिद गर्दै आएको छ । अमेरिकाले सन् १८०३ मा फ्रान्सबाट २१ लाख वर्गकिलोमिटरको लुइजियानाको भूमि १ करोड ५० लाख अमेरिकी डलरमा खरिद गरी आफ्नो मुलुकमा गाभेको थियो । त्यस्तै, सन् १८६७ मा रुससँग ७२ लाख अमेरिकी डलरमा अलास्का खरिद गरेको थियो । त्यस्तै, सन् १८९८ मा स्पेनसँग २ करोड डलरमा फिलिपिन्स खरिद गरेको थियो ।

पछिल्लो समय सन् १९१७ मा डेनमार्कसँग २ करोड ५० लाख डलरमा वेष्ट इण्डिजमा रहेका टापुहरु खरिद गरी भर्जिन आइल्याण्ड नामकरण गरेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ३५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम