‘ससुरा र देवरको यौन शोषण श्रीमानलाई भन्न सकिँन’ | Khabarhub Khabarhub

‘ससुरा र देवरको यौन शोषण श्रीमानलाई भन्न सकिँन’


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-२ वर्षअघि दशैंतिहार मनाएर श्रीमान वैदेशिक रोजगारीका लागि मलेसिया गएपछि सिन्धुपाल्चोककी विष्णुमाया तामाङ घर व्यवहारलाई व्यवस्थित बनाउन लागिन ।

श्रीमान विदेश गएपछि घरमा ससुरा बुबा, देवर र उनी मात्रै थिए । श्रीमान विदेश गएको केही महिनासम्म घर व्यवहार राम्ररी सञ्चालन भएको थियो । साथमा श्रीमान नभएपछि परिवारमा उनी प्रति हुने व्यवहार परिवर्तन हुन थालेको विष्णुले महशुस गरिन् ।

केही महिनापछि घरमासँगै भएका ससुरा नजरमा परिवर्तन पाएको उनले महशुस गर्न थालिन । ‘केही महिनासम्म घरमा सबै व्यवहार राम्रै थियो । श्रीमानले विदेश जाँदै गर्दा ससुरा बुबाको स्याहारसुसार राम्रो गर्नु है भनेका थिए । सासु बित्नु भएको रहेछ । मैलेपनि श्रीमानले भनेअनुसार ससुराको स्याहार गदै घरको काम गरे । तर, विस्तारै ससुरा बा मेरो छेउ–छेउमा आएर जिस्काउदै हात लगाउन थाले,’ उनले भनिन, ‘एकदिन राति ससुरा मेरो कोठामा आएर मलाई जबरजस्ती गर्ने खोजे । म राति नै भाग्न खोजे तर ढोकामा लगाउने आग्लो बोकेर हान्छु भन्दै धम्काएर बलात्कार गरे । त्यसपछि मलाई सुसराले श्रीमान विदेश गएपछि हरेक रात बलात्कार गरी रहे । मैले केही गर्ने सकिन ।’

तामाङ समुदायमा जाँडरक्सी खानुलाई सामान्य मानिन्छ । ससुरा र देवर जहिले जाँड रक्सी खाएर घर आउने गरेको विष्णुले बताइन । यसरी सुसरासँग शरीरिक सम्र्पक भएको देवरले पनि थाहा पाएको उनले सुनाइन । ‘ससुराले बलात्कार गरेको थाहा पाएपछि देवरले पनि भाउजु जस्तो व्यवहार गर्नै छाडे । मैले देवरलाई तपाईंको बुबाले मलाई जहिले जबरजस्ती गर्छन भनेर सुनाए । देवरले उल्टो राजीखुशी हुँदा जेपनि गर्ने अनि जबरजस्ती भन्ने भनेर आरोप लगाउछौ भनेर उल्टो हप्काए,’ उनी भन्छिन्, ‘दाइलाई सुनाइदिन्छु भन्दै देवरले पनि छाडेनन् । घरदेखि ५ मिनेटको बाटोमा छिमेकीको घर थियो । छिमेकीसँग पनि ससुराले बोल्न दिँदैन थिए । देवर आरा काटने काम गर्थे । ससुरा घर बनाउने मिस्त्रीको काम गर्थे । ससुरा नभएको मौका छोपेर देवरले पनि जे मन लाग्यो त्यही गरे।’

ससुराले १५ महिनासम्म माइती जान पनि नदिएको विष्णुले बताइन । ठूलो सपना बोकेर श्रीमानलाई विदेश पठाएको भन्दै उनले घरको पीडाले पटकपटक संसार नै छाड्ने सोच पलाएको बताइन । श्रीमानको अँगालोमा बाँधिएर आफूमाथिको अत्याचार सबै सुनाउने मन भएपनि त्यो नसेको भन्दै विष्णुले ससुरा र देवरको धम्की कै कारण फोनमा आफ्नो समस्या सुनाउन नसकेको उनले बताइन ।

‘श्रीमानले फोन गरेपिच्छे ससुरा र देवरले गरेको त्यो व्यवहार सुनाउन मन थियो । तर, आफनै इज्वत जान्छ भने डरका कारण चुपचाप हुन्थेँ,’ उनले भनिन, ‘विदेशमा भएका श्रीमानलाई देवर र ससुराको गरेको व्यवहार सुनायो भने उल्टो आरोप लगाउँछन् नि भने डर पनि लाग्यो । त्यही भएर कसैलाई भन्न सकिन । देवरले त पेटमा बच्चा बस्छ भनेर के–के औषधी पनि खुवाए। दाजुलाई सुनाए राम्रो नहुने भन्दै थर्काए ।’

मदिरा सेवन गरेर आएपछि बुहारी र भाउजु नै नचिन्ने गरेको उनको दुखेसो छ । ‘जीवनमा ससुरा र देवरबाट बलाकृत हुन्छु भनेर कहिले सोचेको थिइन । आफु ससुरा र देवरबाट बलाकृत भएको माइतीमा पनि सुनाउन सकिन । किन कि मैले सानैमा भागेर विवाह गरेकी थिएँ । जसका कारण माइतीमा पनि ओहोरदोहोर राम्रो थिएन । सानै उमेरमा विवाह गरेको भनेर माइतीका आमा–बाबा राम्रो बोल्दैन थिए ।’

विष्णुलाई केही महिनाअघि मानव बेचविखनविरुद्ध अध्ययनका लागि सिन्धुपल्चोक पुगेको राष्ट्रिय मानव अधिकारको आयोगको टोली उद्धार गरेको थियो । हाल उनलाई आयोगले संरक्षणका लागि सम्बन्धी निकायसँग समन्वय गर्ने जिम्मा लिएर उद्धार गरिएको थियो ।

अहिले विष्णु काकाकी छोरीसँग काठमाडौंमा बसेर घरेलु काम गर्दै आएकी छन् । उनले श्रीमानको घर जानै मन नलाग्ने भन्दै अव वैदेशिक रोजगारीमा जाने योजना बनाएको सुनाइन ।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण धेरै महिला पीडित हुनेगरेका छन् । विष्णु एक प्रतिनिधि पात्र मात्र हुन । उनी जस्ता धेरै महिला वैदेशिक रोजगारीका कारण पीडित छन् । श्रीमान विदेशी गएपछि परिवारबाट हिंसाको सिकार धेरै महिला हुने गरेको आयोगको अध्ययनमा उल्लेख गरिएको छ । यसरी समस्यामा परेका पीडित महिला इज्जत जाने डरले चुपचाप बस्न बाध्य रहेको आयोगले औल्याएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ११ : ०३ बजे

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम