कामना यत्ति छ रवि लामिछाने निर्दोष सावित हुन्- रवीन्द्र मिश्र « Khabarhub

कामना यत्ति छ रवि लामिछाने निर्दोष सावित हुन्- रवीन्द्र मिश्र


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा विवेकशिल पार्टीका संयोजक रवीन्द्र मिश्रले पत्रकार रवि लामिछाने निर्दोष सावित हुन भन्ने कामना गरेका छन् । मिश्रले सामाजिक सञजाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गद्दै दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेमाथि लागेको आरोप गलत भएको सुन्न चाहेको बताएका छन् ।

उनले देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई एक सय रुपैयाँमा पढाएर एसइईमा राम्रो नतिजा ल्याउन सफल समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले एकै प्रकृतिका आरोप खेपिरहेको भन्दै जनताको पक्षमा काम गर्ने दुवै निर्दोष हुन भन्न चाहाना राखेको बताएका छन् ।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएको र छानविनमा सघाइरेहको भन्दै मिश्रले उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति मिलोस भनेका छन् ।

मिश्रले ‘रवि लामिछाने र कला सञ्जेल:’ शीर्षक दिएर फेसबुकमा राखेको स्टाटस यस्तो छ :

देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवि लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन्। उनीहरूसँगै अन्य चारजना पनि आरोपित छन्।

कानूनको परिपालना गर्ने क्रममा ५ महिनाकी गर्भवती कला सञ्जेल र अन्य दुईजना कयौँ दिन हिरासत र जेलमा विताउन वाध्य भए। त्यसैगरी लामिछाने र अन्य दुईजना हिरासतमा समय विताउन वाध्य भएका छन्।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएका छन्, छानविनमा सघाइरेहका छन्।

उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति। तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो। तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा ‌औषधी उपचार गर्न प्रेरित गरौँ।

हाललाई ह्रिदयदेखिको कामना यत्ति छ कि रवि लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष सावित हुन्।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ८ : ५० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको