गीत हटाउनुको पछाडि– शब्दमा शुभचिन्तकको असन्तुष्टि नै हो त ? | Khabarhub Khabarhub

गीत हटाउनुको पछाडि– शब्दमा शुभचिन्तकको असन्तुष्टि नै हो त ?


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’  आधिकारिक  यु–ट्युब च्यानलबाट हटाए पनि एकथरी शुभचिन्तकहरूले भने भाइरल बनाएका छन् । युट्युब तथा फेसबुकमा उक्त गीत जताततै भेटिन्छ ।  गीत हटाउन बाध्य पारिनुको पछाडि ठूलै चलखेल भएको फेसबुकमै उनीहरूले विभिन्न प्रतिक्रिया  दिएका छन् ।

यता, गायक शर्माले भने  कसैलाई आक्षेप नलगाई गीतका केही शब्द परिमार्जन गर्ने र पुनः गीत लिएर आउने वाचासहित एक विज्ञप्ति जारी गर्दै गीत हटाएको जानकारी दिएका छन् ।

उनले आफूले राजनीतिलाई त्यति गहिराइबाट नबुझेको तथा राजनीतिक आग्रह पूर्वाग्रह पालेर पनि त्यो गीत नबनाएको स्पष्ट पार्दै देशमा सुशासन कायम हुनुपर्छ भन्ने मान्यताका साथ गीत व्यंग्यात्मक तरिकाले ल्याइएको जनाएका छन् ।

तर, गीत हटाउनुका पछाडि गीतका शब्दमा शुभचिन्तकको असन्तुष्टि रहेको बताएका छन् । जुन-जुन शब्दमा असन्तुष्टि देखिएको छ ती शब्दहरु फेर्नु दायित्व भएको सम्झिदै उनले गीत परिमार्जन गरेर चाडै ल्याउने बताएका छन् ।

त्यस्तै, गीत सुनेर सुझाव दिने राजनीतिक व्यक्तित्व, अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिँदै उनले गीतले कुनै व्यक्ति विशेष, संस्था वा राजनीतिक दललाई परेको अफ्ट्यारोप्रति माफी समेत मागेका छन् ।

उनले जारी गरेको विज्ञप्तिको अन्तमा लेखेका छन्– ‘एउटा सचेत नागरिकका साथै कलाकारको नाताल देशमा विद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताविरुद्ध आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।’

तर, समसामयिक विषय वस्तु र वर्तमान यथार्थमाथिको तिखो व्यंग्यलाई शुभचिन्तकले असन्तुष्टि जनाएकै हुन् त ? पशुपतिमाथि नै प्रश्न गर्ने अनेक ठाउँ छन् । त्यसमाथि उनी स्वयंले शब्द परिमार्जन गरी चाँडै गीत ल्याउने समेत स्पष्ट पारेको हुँदा कुन कुन शब्द परिमार्जन गर्ने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ ।

यस्ताे छ उनले जारी गरेको विज्ञप्ति

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा

 

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ६ : २६ बजे

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो