विप्लवसँगको वार्ताबारे ‘ब्रिफिङ’ गर्न बालुवाटार गएका पाण्डे प्रधानमन्त्रीलाई नभेटी किन फर्किए ? | Khabarhub Khabarhub

विप्लवसँगको वार्ताबारे ‘ब्रिफिङ’ गर्न बालुवाटार गएका पाण्डे प्रधानमन्त्रीलाई नभेटी किन फर्किए ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको जिम्मेवारी पाएका सांसद सामप्रसाद पाण्डेले विप्लव समूहसँग अनौपचारिक रुपमा मात्र वार्ता भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लव समूहसँग भएको पछिल्लो छलफल बारे ‘ब्रिफिङ’ गर्न बालुवाटार पुगेका पाण्डेले बाहिर सञ्चारमाध्यममा आएजसरी वार्ता नभएको बताए ।

‘बाहिर सञ्चारमाध्यममा आएजस्तो केही भएको छैन’ सांसद पाण्डेले भने,‘तर हामी निरन्तर लागिरहेका छौं ।

पाण्डले मंगलबार राजधानी बाहिर विप्लव समूहको वार्ता टोलीका एक सदस्यसँग वार्ता गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

‘मलाई नेकपाले वार्ताको जिम्मेवारी दिएको हो’ सांसद पाण्डेले भने,‘म पार्टी र सरकारसँग कुराकानी नगरी र अनुमति नलिइ उहाँहरु(विप्लव)सँग औपचारिक कुराकानी हुँदैन ।’

विप्लव समूहसँग भएका अनौपचारिक कुराकानीबारे प्रधानमन्त्री केपी ओलीलाई ‘ब्रिफिङ’ गर्न बालुवाटार पुगेका सांसद पाण्डेले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न भने पाएनन् ।

‘प्रधानमन्त्री ज्यूलाई सञ्चो रहेनछ त्यसैले आज कुराकानी हुन सकेन’ पाण्डेले खबरहबसँग भने ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : ५१ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको