मुम्बई आक्रमणका योजनाकार हफिज पाकिस्तानमा पक्राउ | Khabarhub Khabarhub

मुम्बई आक्रमणका योजनाकार हफिज पाकिस्तानमा पक्राउ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– सन् २००८ मा भारतको मुम्बई शहरमा भएको आक्रमणका मुख्य योजनाकार मानिने हफिज सइद पाकिस्तानमा पक्राउ परेका छन् ।

उनलाई पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजरनवाला शहरनजिकबाट पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । अमेरिका, भारतसहितका मुलुकले आतंककारी समूहको सूचीमा राखेको लस्कर ए तैएबा समूहका नेता सइदलाई वित्तीय आतंकवादको अभियोगमा पक्राउ गरिएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीमाथि प्रतिबन्धित समूहलाई पैसा उपलब्ध गराएको अभियोग दर्ता गरिने छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणको केही दिनअघि सइदलाई पक्राउ गरिएको हो । उनीमाथि अमेरिकाले १ करोड अमेरिकी डलर बराबरको इनाम राखेको छ । उनलाई पक्राउ गर्न भारतले पाकिस्तानसमक्ष दबाब दिँदै आएको थियो ।

यद्यपि पाकिस्तानले उक्त दबाब बेवास्ता गरी उनलाई पक्राउ गरेको थिएन । भारतले भने उनलाई पक्राउ गरेर मात्र नपुग्ने र उनलाई कारवाही भएको आश्वस्त पार्न आह्वान गरेको छ ।

सन् २००८ नोभेम्बर महिनामा १६६ जनाको ज्यान जानेगरी भारतको आर्थिक राजधानी मुम्बई शहरका विभिन्न स्थानमा भएका आतंककारी आक्रमणमा लस्कर ए तैएबाको संलग्नता रहेको र यसको मुख्य योजनाकार सइद रहेको भारतीय अधिकारीले बताउँदै आएका छन् । यद्यपि सइदले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानले केही समयअघि पनि उनलाई नजरबन्दमा राखेको थियो । तर, उनीविरुद्ध पर्याप्त सबुत नपुगेको भन्दै केही समयलयत्तै उनलाई रिहा गरिएको थियो । पाकिस्तानी कदमको भारत र अमेरिकाले चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : ३६ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ‘ए’ टिम

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने