जेठ १७ गतेदेखि श्रम स्वीकृति ठप्प पार्ने व्यवसायीको चेतावनी | Khabarhub Khabarhub

जेठ १७ गतेदेखि श्रम स्वीकृति ठप्प पार्ने व्यवसायीको चेतावनी


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

उनीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोक्ने देखि लिएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विरुद्ध आन्दोलन गर्ने सम्मका कार्यक्रम घोषणा गरेका छन् ।

शुक्रवार राजधानीमा वैदेशिक रोजगार व्यवसायीले समसामयिक विषयमा छलफल गर्न बोलाएको भेलामा आन्दोनका कार्यक्रम घोषणा गरेका हुन् ।

वैदेशिक रोजगार व्यवसायीहरुले जेठ १७ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति ठप्प पार्ने घोषणा गरेका छन् । त्यस्तै उनीहरुले मन्त्री विष्ट विरुद्ध पनि आन्दोलनको घोषणा गरेका छन् ।

मन्त्री विष्ठका कारण म्यानपावरको धरौटी रकम वृद्धि भएको भन्दै उनीहरले आक्रोश पोखेका थिए ।

भिसा प्रमाणिकरण अनलाइनबाट गर्नुपर्ने, वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज पाउनु पर्ने र पायक पर्ने बैंकमा रकम राख्न पाउनुपर्ने लगायतका माग व्यवसायीहरुको रहेको छ ।

आफूहरुको मागमा मन्त्रालय गम्भीर नभएर कडा आन्दोलनमा उत्रिने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।

‘वैदेशिक रोजगार ऐनमा संशोधन गरेर व्यवसायीलाई तहस नहस गर्न खोजिएको छ,’ अध्यक्ष गुरुङले भने,‘दश दिन भित्रमा हाम्रा मागहरु सुनवाइ नभए म्यानपावनरको लाइसेन्स र कामदारको पारपापोर्ट श्रम मन्त्रालयमा बुझाउछौं ।’

उनले व्यवसायीको माग सुनुवाई नभए पार्टी भन्दा माथि उठेर मन्त्री विष्ट विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

वैदेशिक रोजगारी क्षेत्रलाई श्रम मन्त्रालय, केही विचौलिय र सिण्डिकेटधारीले सिध्याउने खेलमा लागेको वैदेशिक रोजगार लोकतान्त्रिक संघ कार्यकारी अध्यक्ष सुजित श्रेष्ठले बताएका थिए ।
व्यवसायीको भेलामा बोल्न अधिकांश वक्ताले श्रम मन्त्री विष्टले रोजगार व्यवसायीलाई पन्छाएर अरु व्यवसायी भित्राउन लागि परेको बताएका थिए । एक वर्ष देखि बन्द मलेसियाको रोजगारी खुलाउन मन्त्री चासो नदिएर अन्य तिर स्रोत देशसँग सम्बन्ध विग्रने काम गरिरहेको उनीहरुको आरोप छ ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  ५ : १५ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको