स्थानीय र व्यापारीको अवरोध पछि धरहरा पुनःनिर्माणको काम स्थगित | Khabarhub Khabarhub

स्थानीय र व्यापारीको अवरोध पछि धरहरा पुनःनिर्माणको काम स्थगित


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– भूकम्पले भत्किएको ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहराको पुनःनिर्माणमा स्थानीयले अवरोध सिर्जना गरेका छन् ।

धरहरा निर्माणका क्रममा बन्द गरिएको पैदल माग खुलाउनुपर्ने माग अझै पनि पूरा नभएको भन्दै शुक्रबार स्थानीयले निर्माण कार्यमा अवरोध सिर्जना गरेका हुन् ।

धरहरा–सुन्धारा क्षेत्रका स्थानीय र व्यापारीले शुक्रबार विहान अवरोध गरेपछि पुनःनिर्माणको काम तत्काललाई स्थगित भएको धरहरा पुनःनिर्माण परियोजनाका व्यवस्थपक श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

धरहरको पुनःनिर्माणअन्तर्गत हालसम्म करिब १३ प्रतिशत काम सकिएको जनाइएको छ । तीव्र गतिमा पुनःनिर्माणको काम भइरहेको भनिएको अवस्थामा शुक्रबार स्थानीयको विरोध पनि निर्माण कार्य अवरुद्ध भएको छ ।

धरहराको पुनःनिर्माण शुरु भएयता विगत ६ महिनादेखि नै स्थानीय र व्यापारीहरुले आफूहरुको आवतजावतका लागि निर्माण क्षेत्रमा पर्ने पैदल मार्ग खुलाइनुपर्ने माग राख्दै आएका छन् ।

धरहराको पुनःनिर्माणका क्रममा ऐतिहासिक सम्पदा सुन्धाराको पनि उचित संरक्षण गरिनुपर्ने स्थानीयको माग छ ।

पैदलमार्ग समेत नखुलाइको कारण आफूहरु मारमा परेको स्थानीय व्यापारी अनिता बढुाथोकीले बताइन् ।

धरहरा पुनःनिर्माण समितिले भने स्थानीयको मागअनुसार निर्माणस्थलमा पर्ने पैदमार्ग खुलाउनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग छलफल भइरहेको जनाएको छ ।

पूरातत्वविद् राजुमान मानन्धरले हुलाक कार्यालय र काठमाडौं मलको बीचका पैदल मार्ग खुलाएर स्थानीयको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री कार्यालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : ५१ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त