अफगानिस्तानमा भीडन्त: ५० बढी सुरक्षाकर्मी तालिबानको नियन्त्रणमा | Khabarhub Khabarhub

अफगानिस्तानमा भीडन्त: ५० बढी सुरक्षाकर्मी तालिबानको नियन्त्रणमा


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तान– पश्चिमी अफगानिस्तानको बदगिश प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानका लडाकुहरु तथा सरकारी सेनाबीच भीडन्त बढ्दै जाँदा तालिबान लडाकुले ५० जनाभन्दा धेरै सीमा सुरक्षा प्रहरीलाई पक्राउ गरेका छन् ।

तुर्कमेनिस्तानसँग सीमा जोडिएको क्षेत्रमा तालिबानले आक्रमण गरेपछि त्यहाँ रहेका १ सय भन्दा धेरै सीमा सुरक्षा प्रहरी त्यहाँबाट तुर्कमेनिस्तानतर्फ भाग्न खोजेका थिए । तर, तुर्कमेनिस्तानतर्फ उनीहरुलाई प्रवेश नदिइएपछि उनीहरुमध्ये ५० जनाभन्दा धेरैले तालिबानसमक्ष आत्मसमर्पण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

तालिबानसँग वषैँदेखि लडिरहेका सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि तालिबान लडाकुले उनीहरुको हत्या गर्नसक्ने चिन्ता रहेको बताइएको छ । यता तालिबानले भने उक्त भीडन्तमा ९० जना अफगान सुरक्षाकर्मी आत्मसमर्पण गरेको जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै आत्मसमर्पण गरेका ९० बाहेक अरु धेरै अफगान प्रहरी आफ्नो कारवाहीमा मारिएको तालिबानले जनाएको छ । भीडन्तमा तालिबान तर्फ कति हताहति भयो भन्ने बारे स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ९ : ५९ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा