बाढीबाट इण्डोनेशियामा ६३ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढीबाट इण्डोनेशियामा ६३ जनाको मृत्यु


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकर्ता– इण्डोनेशियाको सुदूर पूर्वी पापुवा प्रान्तमा भारी वर्षासँगैको बाढीमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

पापुवा प्रान्तको राजधानी जयपुरा नजिकै रहेको सेन्टानी शहरमा भारी वर्षासँगै बाढी आएको स्थानीय अधिकारीले जनाएका छन् । बाढीबाट अरु दर्जनौँ घाइते भएका छन् ।

बाढीबाट प्रभावित १ सय जनाभन्दा धेरैलाई रेडक्रस तथा स्वयंसेवीको सहकार्यमा सरकारी निकायले मद्दत गरिरहेको बताइएको छ ।

बाढीबाट अझै केही मानिसहरु हराइरहेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको र थप केही शव फेला पर्नसक्ने भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीले अन्य भौतिक पूर्वाधारमा क्षति पु¥याएको र विमानस्थलमा रहेको विमानमा समेत क्षति पुगेको छ ।

बाढीले ९ घर २ पुल तथा नजिकै विमास्थलमा राखिएको ट्विन अटर विमानमा क्षति पुगेको छ । विमानमा क्षति पुगेपनि सेन्टानी शहरको मुख्य विमानस्थल भने सञ्चालन मै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : ०२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम