आँखा शिविरमा १०२ जनाको शल्यक्रिया | Khabarhub Khabarhub

आँखा शिविरमा १०२ जनाको शल्यक्रिया


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा १०२ लाभान्वित भएका छन् ।

यही चैत १ गतेदेखि ५ दिनसम्म सञ्चालन हुने उक्त शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए ।
उनका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क आँखा शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीको आँखाको शल्यक्रियाका लागि सो शिविर सञ्चालन गरिएको हो ।

जिल्ला अस्पताल, च्यारिटी हेल्थ फाउण्डेसन, चोपडा अस्पताल, शैलेश्वरी अस्पताल, धनगढी नेत्रालय र प्रदेश सरकारले सो शिविरमा सहयोग गरेका छन् ।

आँखा शिविर पछि पुनः शल्यक्रिया शिविर आयोजनाले यहाँका बासिन्दा खुशी भएको स्थानीयवासी डबल साउदले बताए । उनले भने, “सामान्य आँखा जाँचका लागि पनि यहाँका बासिन्दा कैलालीको गेटा जानु पथ्र्यो तर चेम्बरले गाउँमै निःशुल्क शल्यक्रिया गरेकाले पैसो बच्यो, आँखा पनि देख्न पाइयो ।”

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : ३८ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित