माछा पोखरी सुक्न थालेपछि कृषक निराश « Khabarhub

माछा पोखरी सुक्न थालेपछि कृषक निराश


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् ।

माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए पनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए ।  मेहताको पाँच पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट रु चार लाख बराबरको घाटा भएको उनले बताए ।

त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताए ।

मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै रु ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ९ : ३८ बजे

प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन

माओवादी र समाजवादीसहित १२ दल एउटै चुनाव चिह्नमा लडने

काठमाडौं- संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि १२ वटा

फेरिएको इङ्ग्लिस फुटबल

लन्डनका बाटोमा हिँड्ने तन्नेरी भित्तामा सजिएको लीया विलिम्सनको फोटो देखेपछि

निर्वाचन आयोगमा ८४ दल दर्ता, आजबाट जाँचबुझ हुने

काठमाडौं– संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं– संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि