काभ्रेका हरेक स्थानीय तहलाई २ करोड बाँडफाँट | Khabarhub Khabarhub

काभ्रेका हरेक स्थानीय तहलाई २ करोड बाँडफाँट


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– जिल्ला समन्वय समिति काभ्रेले प्रत्येक स्थानीय तहलाई २ करोड रुपैयाँ बजेट बाँडफाँड गरेको छ । तत्कालीन जिल्ला विकास समितिको आन्तरिक कोषमा रहेको ४३ करोडबाट स्थानीय तहलाई चालू आर्थिक वर्षमै प्रशासनिक भवन निर्माणार्थ हालै बजेट प्रदान गरिएको हो ।

जिससले आफ्नो भवन निर्माणका लागि भने ४ करोड राखेको छ । जिल्लाका १३ स्थानीय तहलाई २६ करोड छुट्याइएको हो । ‘केही गाउँपालिकालाई २ करोडबाट थप सहयोग गर्नुपर्ने पनि हुन्छ, भवन भएका नगरपालिका अन्य आवश्यकीय भवन बनाउनेछन्,’ जिसस प्रमुख उद्धव केसीले भने । जिल्लास्थित ७ गाउँपालिकाको आफ्नै प्रशासनिक भवन छैन ।

६ वटा नगरपालिकामध्ये मण्डनदेउपुरको पनि आफ्नै भवन छैन । केही गाउँपालिका भाडामा बसेका र केहीले आफ्नै जग्गामा अस्थायी संरचना बनाएर बसेकाले आफ्नै भवन नहुँदा नागरिकको काममा असहजता देखिएकाले बजेट विनियोजन गरिएको जिसस प्रमुख केसीले बताए । उनका अनुसार तत्कालीन जिविसद्वारा सञ्चालित अधुरा योजना पूरा गर्न पनि सोही कोषबाट बजेट विनियोजन गरिएको छ ।

जिल्ला सभाले स्थानीय तहका भवन निर्माणसँगै खानेपानी योजनाका लागि रु तीन करोड, शैक्षिक गतिविधिका लागि रु दुई करोड ४० लाख, स्वास्थ्यका लागि २ करोड ४० लाख, कर्मचारी दायित्वमा २ करोड बाँडफाँड गरेको छ ।

जिससबाट रकम पाएका केही स्थानीय तह प्रशासनिक भवन निर्माणका लागि हाल बोलपत्रको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम