सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण « Khabarhub

सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले मनकारी हृदय भएकाहरुसँग ४ प्रतिशत व्याजदरमा ऋण माग गरेका छन् ।

उनले दुई वटा महत्वपूर्ण काम गर्न लागेको भन्दै ३ करोड आवश्यक पर्ने भन्दै सामाजिक सञ्जालमै ऋण माग गरेका हुन् ।नेपाल सरकार र बैंकहरुसंग सहयोग लिने प्रयास गर्दा कहीँ कतैबाट हुन नसकेपछि ऋण खोजेको उनले जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘विश्वासको भरमा ४% ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोही नेपालीहरु अथवा समुहहरु हुनुहुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने ? यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हो । करिब ३ करोड चाहिएको छ । एउटाले नै सबै रकम ऋण दिनुपर्छ भनेको होइन । सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।’

उनले भनेका दुईवटा काम मध्य पहिलो काम नेपालमा नै नभएको पूर्ण रुपमा दुर्गम ग्रामिण समुदायलाई मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन अथवा Community Owned Eco-tourism विकासको लागी भएको जनाएका छन् । उक्त काम  आंशिक रुपमा बिगत १० बर्ष देखि चलीरहेको जनाएका छन् ।

उनले लेखेका छन्-‘यसलाई हामी बढाउन (Scale up) चाहन्छौं । यसको विस्तृत जानकारी चाहिएमा मलाई सम्पर्क गर्नु होला । यसको लागी एक करोड रुपैंया चाहिएको छ ।’

त्यस्तै उनले दोस्रो कामका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका लागि ऋण मागेको जनाएका छन् । उनले एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको जनाएका छन् । आविष्कार केन्द्रमा सफलतापूर्वक अनुसन्धान भएका वस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परीक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको बताएका छन् ।

उनले विभिन्न वित्तीय संस्था र बैंकहरुबाट यस्तो ऋण पाउन गाह्रो भएको हुनाले नरम हृदय भएको दाताहरुसँग ऋणको लागि अनुरोध गरेको जनाएका छन् । यसको लागि दुई करोड रुपैंया चाहिएको उनले लेखेका छन् ।

ऋण ३ वर्षको लागि भएको र साँवा ब्याज नेपाली मुन्द्रामा तिरिने जनाएका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ०२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा