‘म यस्तो गीत गाउँछु २’ मा हेर्नुस् पल र पूजाको जोडी (तस्वीरमा) | Khabarhub Khabarhub

‘म यस्तो गीत गाउँछु २’ मा हेर्नुस् पल र पूजाको जोडी (तस्वीरमा)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लभस्टोरी फिल्म मेकिङमा छुट्टै छाप छोड्न सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को सेटबाट केही तस्वीर सार्वजनिक गरिएका छन् । ती तस्वीरमा फिल्मका शीर्ष कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ ।

संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिम्रो घरको वरिपरि’ बोलको गीत छायांकनका क्रममा खिचिएका केही तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरमा पल र पूजाको रोमान्स देख्न सकिन्छ ।

निर्माण टिमका अनुसार यो गीतको छायांकनका लागि ५ सय कोरस राखिएको छ । गीतमा अस्मिता अधिकारी र सोनम तोप्देनको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरिरहेको यो गीतको भिडियोमा सौरभ लामाको छायांकन छ । झण्डै ७ दिन लगाएर भिडियोको शूटिङ गरिएको हो ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सोही फिल्मका शीर्ष कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘म यस्तो गाउँछु २’ पनि लभस्टोरी फिल्म हुनेछ । फिल्ममा पल शाह र पूजा शर्माको रोमान्स देख्न सकिनेछ ।

शिवम अधिकारीले लेखेको फिल्ममा दिनेश डिसी, हरिहर शर्मा लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ३ : ५३ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा