चिसोमा पनि हुन्छ छाला सुख्खा ? यसरी गर्नुस् हेरचाह | Khabarhub Khabarhub

चिसोमा पनि हुन्छ छाला सुख्खा ? यसरी गर्नुस् हेरचाह


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा धेरै मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ । जाडो मौसमा छालाका लागि उपयुक्त मौसम होइन । त्यसैले जाडोको समयमा छालाको विशेष केयर गर्नुपर्छ । चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ ।

हाम्रो शरीरिको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले  शरीरको ताप तान्न थाल्छ । जसले गर्दा हाम्रो शरीरबाट बानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ । चिसोको समयमा विशेषगरी आनुहार हात खुट्टा लगायत कपडा प्रयोग नभएको भागको छाला सुख्खा हुन्छ ।

यस्तै केही व्यक्तिमा भने वंशागुगत वा जन्मजात छाला सुख्खा हुने समस्या पनि हुन्छ । एलर्जी, दम, थाइराइडका बिरामी हर्कोनको समस्या भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

छाला सुख्खा हुने कारण

– साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ,

–धेरै तातोपानीले नुहाउँदा,

–ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ,

–सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ,

कसरी गर्ने केयर ?

–जाडो मौसम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउने,

– खानपानमा विशेष ध्यान दिने,

–प्रशस्त पानी पीउने,

–छालामा टाँसिने गरी सुतीको कपडा प्रयोग गर्ने,

–धेरै तातो पानीले ननुहाउने,

–एक बाल्टी मनतातो पानीमा दुइचम्चा नुन राखेर नुहाने । यस्तो गर्दा छाला सुख्खा हुन पाउँदैन,

–हातमुख धुदा वा नुहाउँदा कडा खालको साबुन प्रयोग नगर्ने,

–नुहाएपछि तेल वा मोस्चराइजर लगाउने,

– छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने त्यसपछि तेल लगाउने,

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ०७ बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०