जण्डिसको दबाई 'पानी अमला' कसरी प्रयोग गर्ने ? | Khabarhub Khabarhub

जण्डिसको दबाई ‘पानी अमला’ कसरी प्रयोग गर्ने ?


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

विभिन्न रोगको औषधी हाम्रै वरीपरी हुन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा-पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका हुन्छन् ।

कतिपय महत्वपूर्ण जडिबुटी कौडीको भाउमा बेचेर त्यसबाट बनेका औषधीहरु महँगो मुल्यमा किन्न बाध्य छौं । आज हामीले हाम्रै गाउँघरमा पाइने पानी अमलाको औषधीय गुणका बारेमा चर्चा गरेका छौं ।

पानी अमलाबारे कतिपयलाई थाहा छैन होला । अमलासँग परिचित भएपनि पानी अमला पनि हुन्छ र ? भन्ने प्रश्न पनि कतिपयलाई उब्जिन सँक्छ ।

पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा खाइन्छ । जसलाई पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ ।

यसको प्रयोग

पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुने आयुर्वेदले जनाउँछ ।

यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । यो मधुमेहका रोगीकालागि पनि लाभदायक मानिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : १८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम