नाइट क्लब गएपछि विमलसहितका चार फुटबलरमाथि एन्फाको कारबाही, राष्ट्रिय टिमबाट बर्खास्त | Khabarhub Khabarhub
Logo
२१ मंसिर २०७६, शनिबार

नाइट क्लब गएपछि विमलसहितका चार फुटबलरमाथि एन्फाको कारबाही, राष्ट्रिय टिमबाट बर्खास्त



काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । उनीहरुले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्न पाउने छेनन् ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई एन्फाले हटाएको हो । उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ ।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ। कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो ।


भर्खर