सागको कार्यविधि मन्त्रिपरिषदबाट पारित | Khabarhub Khabarhub

सागको कार्यविधि मन्त्रिपरिषदबाट पारित


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि बनेको कार्यविधि मन्त्रिपरिषदबाट पारित भएको स्रोतले जनाएको छ ।

भदौ २६ गते बसेको मन्त्रिपरिषद बैठकले १३ औं सागका लागि आवश्यक कार्यविधि पारित गरेको हो ।

‘लामो समयदेखि कार्यविधि क्याबिनेटमा थियो । गएको बिहीबार बसेको बैठकले कार्यविधि पास गरिसकेको छ । अब कार्यविधिअनुसार सागको काम अगाडि बढ्छ,’ स्रोतले भन्यो।

कार्यविधिमा सागका लागि आवश्यक पर्ने सबै कुराहरु स्पष्ट रुपमा उल्लेख गरिएको जनाइएको छ । कार्यविधि लामो समयदेखि मन्त्रिपरिषदमा अड्किएको थियो ।

आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने सागका लागि खेलकुद मन्त्रालयले सवा पाँच अर्ब बजेट माग गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ०५ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि