चीनमा फ्लप भएको हो रजनीकान्तको ‘२.०’? | Khabarhub Khabarhub

चीनमा फ्लप भएको हो रजनीकान्तको ‘२.०’?


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा ब्लकबस्टर फिल्मले पनि चीनमा खासै कमाल देखाउन नसक्दा मूलधारका फिल्मलाई चीनको बजार खोज्ने प्रयोगमा असर परिरहेको बलिउड विश्लेषकको धारणा छ ।

रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म एस शंकरको फिल्म ‘२.०’ ले घरेलु बजारमा शानदार व्यापार गरेको थियो । तर, यो फिल्म चीनको बजारमा भने चिप्लिएको छ । भारतीय मिडियाका अनुसार यो फिल्म चीनमा पूर्ण रुपमा असफल भएको छ । चीनको ठूलो बजारमा पनि फिल्मले झण्डै २२ करोड रुपैयाँ मात्र कमाइ गरेको छ ।

‘२.०’ लाई सन् २०१८ को मे महिनामा चीनमा रिलिज भएको ‘बाहुबली २’ सँग तुलना गरिएको छ । किनकि, ब्लकबस्टर भएको यो फिल्म पनि चीनको बजारमा भने फ्लप भएको थियो । ‘बाहुबली २’ ले जम्माजम्मी ५२ करोडको व्यापार गरेको थियो । फिल्मले दर्शकलाई हलसम्म तान्न सकेन ।

यसलाई विश्लेषकले फिल्मको कहानीमा चिनियाँ दर्शकले आफूलाई नपाएका कारण दर्शकको मन जित्न नसकेको प्रतिक्रिया दिएका छन् । यद्यपि, भारतमा ब्लकबस्टर भएका फिल्म चीनमा फ्लप भए पनि यो फिल्म केही हिन्दी चलचित्रले भने राम्रो कमाइ गरेका उदाहरण छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ०६ बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्