जुम्ला–रारा अल्ट्रा म्याराथन शुरु | Khabarhub Khabarhub

जुम्ला–रारा अल्ट्रा म्याराथन शुरु


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्ला–रारा अल्ट्रा म्याराथन शुरु भएको छ । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरबाट सो दौड शुरु भएको हो ।

कर्णालीमा खेल पर्यटनको विकास गर्न म्याराथन आयोजना गरिएको आयोजक कर्णाली खेलकूद क्लब, जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथनमा भोजपुर, बुटवल, पोखरा, गोरखा, काठमाडौँ, भक्तपुर र रुकुमपूर्वका खेलाडी सहभागी छन् ।

त्रिभुवन आर्मी क्लबका साथै भारत, अमेरिका र बेलायतका खेलाडीसमेत म्याराथनमा भाग लिन जुम्ला पुगेका छन् । प्रतियोगितामा सहभागी ६३ खेलाडी मुगुको राराताल किनारसम्म पुग्ने कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए । म्याराथनले संसारका खेलाडीको ध्यान आकर्षित गर्ने उनको भनाइ छ ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुने महिला तथा पुरुष धावकले कास्कीको अन्नपूर्णमा आयोजना हुन लागेको ‘गोल्डेन वल्र्ड ट्रेल सिरिज’मा सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३० हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट १० स्थान हासिल गर्नेले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । म्याराथनमा विश्व साइकलयात्री पुष्कर शाहसमेत सहभागी छन् ।

आइतबार सम्पन्न एक किलोमिटर दौडमा पुरुषतर्फ नारायण रावत प्रथम, लक्ष्मण जिसी द्वितीय र नरेश बुढा तृतीय भए । महिलातर्फ निरु रावत प्रथम, मञ्जिता ऐडी द्धितीय र अस्मी भण्डारी तृतीय भए ।

यस्तै पाँच किलोमिटर दौडमा पुरुषतर्फ नारायणकुमार कुशवाह प्रथम, विकास बुढा द्वितीय तथा कविन्द्र बुढा तृतीय भए । महिलातर्फ हिमाली शाही प्रथम, निशा पाण्डे द्वितीय र यन्जम लामा तृतीय भए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : १९ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक