इण्डोनेशियाको राजधानी जकार्ताबाट अन्यत्र सार्ने प्रस्ताव | Khabarhub Khabarhub

इण्डोनेशियाको राजधानी जकार्ताबाट अन्यत्र सार्ने प्रस्ताव


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले राजधानीलाई जकार्ताबाट अन्यत्र सार्ने प्रस्ताव गरेका छन् ।

इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै राष्ट्रपति विदोदोले यस्तो प्रस्ताव गरेका हुन् । उनले सम्बोधनका क्रममा राजधानी सार्ने प्रस्तावमा समर्थन जनाउन आम जनतासँग पनि आह्वान गरे ।

उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएका कारण राजधानी सार्नुपर्ने अवस्था आएको बताए ।

नयाँ राजधानीलाई जावा द्विपबाट बोर्नियो द्विपमा सार्ने उनको प्रस्ताव छ । कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र नभई मुलुकको प्रगतिको सूचक पनि हुने गरेको उनको भनाइ छ ।

उनले बोर्नियोमा राजधानी सार्दा समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि रहेको बताए ।

बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ६ : ४५ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा