रारामा ३८ लाख रुपैयाँ राजश्व सङ्कलन | Khabarhub Khabarhub

रारामा ३८ लाख रुपैयाँ राजश्व सङ्कलन


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णालीको प्रसिद्ध पर्यटकीय स्थल रारा क्षेत्रको रारा राष्ट्रिय निकुञ्जले २०७५/७६ मा ३८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आवमा ४६५ बाह्य तथा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । बाह्य पर्यटकका लागि रारामा प्रवेश शुल्क पहिलेदेखि नै लागू गरिएको थियो । ‘आन्तरिक पर्यटकका लागि गत कात्तिकदेखि प्रवेश शुल्क लिन थालिएको हो,’ रोकायाले भने ।

गत कात्तिकदेखि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति  १०० तथा बाह्य पर्यटकलाई प्रतिव्यक्ति ३ हजार ३ सय ९० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रको नागरिकका लागि प्रवेश शुल्क १ हजार ५०० तोकिएको छ ।

कर्णाली राजमार्गको स्तरोन्नति नहुनु र रारा विमानस्थलमा हवाईसेवा नियमित नभएका कारण पर्यटकको आगमनमा कमी आएको रोकायाले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ११ : २७ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै