चट्याङले भक्तपुरमा ६ जना घाइते | Khabarhub Khabarhub

चट्याङले भक्तपुरमा ६ जना घाइते


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वनभोज मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पुगेका ६ जना विद्यार्थी चट्याङ परेर घाइते भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी वनभोज मनाइरहँदा वर्षासँगै परेको चट्याङमा परेर घाइते भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २४ वर्षीय कमल पाण्डे, नवलपरासी सुस्ता गाउँपालिका–५ का २५ वर्षीय सत्तेनन्द गुप्ता रहेका छन् ।

त्यसैगरी मोरङ कोसीदरैचा नगरपालिका–४ घर भई कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, ओखलढुङ्गा रुम्जाटार घर भई त्रिभुवन विश्वविद्यालयका सुरक्षागार्ड ५७ वर्षीय ललित गुरुङ, कैलाली गौरी नगरपालिका–१ का २५ वर्षीय जीवन भण्डारी र सर्लाही घर भई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का घाइते भएका हुन् । घाइते सबैको  इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ८ : ०६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम