नेकपाको एकता प्रक्रियाले पायो पूर्णता | Khabarhub Khabarhub

नेकपाको एकता प्रक्रियाले पायो पूर्णता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाको गृहकार्य सम्पन्न भएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी थिए। पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तरराष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ ।

मंगलबार टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले बताए ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : ०९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड