नेपाल-भारत सीमा क्षेत्रमा विप्लव नेकपासँग वार्ता | Khabarhub Khabarhub

नेपाल-भारत सीमा क्षेत्रमा विप्लव नेकपासँग वार्ता


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राजनीतिक गतिबिधिमाथि प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको अनौपचारिक वार्तालाई निरन्तरता दिने भएको छ ।

विभिन्न समूहसँग वार्ता गर्न भन्दै सरकारले एकवर्ष अघि गठन गरेको वार्ता टोलीका संयोजक समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग सोमबार नेपालगञ्जमा अनौपचारिक वार्ता गरेको स्रोतले जनाएको छ ।

नेपालगञ्जमा भयो भनिएको वार्ता नेपाली सीमा क्षेत्र भित्रै वा भारतमा भएको थियो भन्ने स्पष्ट खुलाइएको छैन । तर पहिलो चरणका रुपमा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु सम्मिलित वार्ता टोलीसँत सामान्य छलफल भएको बताइएको छ ।

सोमबार नेपालगञ्ज आसपासमा सामान्य छलफल भएपनि मंगलबार र बुधबार दुईदिन बुटबल नजिकको सुनौली नाका आसपासको क्षेत्रमा विप्लव नेतृत्वको नेकपाका नेताहरुसँग अनौपचारिक कुराकानी हुने स्रोतले बताएको छ ।

सरकारका तर्फबाट वार्ता गर्ने जिम्मेवारी दिइएका पाण्डेले, ‘अनौपचारिक रुपमा विप्लवका नेताहरुसँग निरन्तर सम्पर्क भइरहेको तर वार्तामार्फत् कुनै पनि राजनीतिक घटनाक्रम विकसित भएको छैन । बिहिबारसम्म केही विषय बाहिर आउन सक्छ ।’

वार्ता प्रक्रियाको चर्चासँगै पाण्डे सोमबार नै काठमाडौँ उपत्यकाबाहिर निस्केका थिए । सोमबार नेपालगञ्ज पुगेका उनी मंगलबार पाल्पाको सराईमा आयोजित कार्यक्रममा पुगेर मंगलबा नै बुटबल झरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ५ : ५१ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको