अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्धको मुद्दामा क्रिस गेलको ‘जीत’ | Khabarhub Khabarhub

अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्धको मुद्दामा क्रिस गेलको ‘जीत’


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रिकेटका ‘युनिभर्सल बोस’का रुपमा चिनिने क्यारेबियन खेलाडी क्रिस गेलले अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्ध दायर गरेको मानहानीको मुद्दामा ‘जीत हात पारेका’ छन् ।

अस्ट्रेलियाबाट प्रकाशित हुने ३ वटा पत्रिकाले आफूविरुद्ध झुटो समाचार लेखी मानहानी गरेको भन्दै गेलले गालीबेइज्जतिको मुद्दा दायर गरेका थिए ।

गेलले दायर गरेको मुद्दामा क्षतिपूर्तिवापत आफूले ३ लाख अस्ट्रेलियन डलर पाउनुपर्ने दावी गरेका थिए ।

सन् २०१५ मा सिड्नी मर्निङ हेरल्ड, द एज र ब्यान्बर टाइम्सले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान गेल एक महिला मसाजकर्ताका अगाडि नाङ्गै बसेको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए ।

गेलले उक्त समाचारमा सत्यता नभएको भन्दै गाली वेइज्जती मुद्दा दर्ता गरेका थिए । जुन उनले जितेका छन् ।

तीनवटै पत्रिकाले गेललाई तिनुपर्ने भनिएको क्षतिपूर्तिको निर्णयविरुद्ध पुनरावेदन हालेका थिए । तर, अदालतले भने तीनवटै पत्रिकाको दावी अस्वीकार गर्दै गेलका पक्षमा फैसला सुनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ४ : १८ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको