इन्डोनेसियाको बालीमा शक्तिशाली भूकम्पको झट्का | Khabarhub Khabarhub

इन्डोनेसियाको बालीमा शक्तिशाली भूकम्पको झट्का


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको बालीमा मंगलबार बिहानै ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजेर १८ मिनेटमा भूकम्प गएको थियो । भूकम्प गएपनि सुनामीको चेतावनी भने दिइएको छैन ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका वाहु कुर्नियावानले भूकम्पले सुनामी निम्त्याउने सम्भावना नदेखिएकाले सुनामीको चेतावनी नदिइएको बताए ।

भूकम्पले नुसा डुआमा सामान्य क्षति पुर्‍याएको छ । बालीस्थित विपद् व्यवस्थापन निकायका सूचना प्रमुख न्योमान सन्जयले भूकम्प आउनासाथ पर्यटकहरुमा भागदौड मच्चिएको बताए ।

इन्डोनेसियामा बारम्बार भूकम्प आउने र बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : १९ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम