छविराज ओझामाथि शिल्पा पोखरेलको आरोप- बारम्बार मार्छु भनेर धम्की आयो | Khabarhub Khabarhub

छविराज ओझामाथि शिल्पा पोखरेलको आरोप- बारम्बार मार्छु भनेर धम्की आयो


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको घरायशी झगडाले अन्तत: डिभोर्सको रुप लिएको छ । नायिका शिल्पा पोखरेले आफूले पारपाचुकेको प्रक्रियामा गएको बताएकी छिन् । शिल्पाले निर्माता ओझामाथि आफ्नो हत्या गर्ने प्रयास गरेको समेत आरोप लगाएकी छिन् ।

शिल्पाले अरु बेला पनि घाँटी थिचेर झट्टै छोडिदिने गरेको तर गत असार ८ गते सास नै रोकिन्छ झैँ गरी घाँटी अठ्याएको आरोप लगाएकी छिन् । उनले छविराजले मिडियाका सामु झुट बोलिरहेको आरोप समेत लगाइन् ।

‘उहाँले यति झुट बोलिरहनुभएको छ कि, त्यही झुटका कारण म बाध्य भएर बोल्नुपरेको छ,’ शिल्पाले भनिन् ।

उनले बिहे भएको एक महिनासम्म आफूहरुबीच राम्रो सम्बन्ध रहे पनि त्यसपछि छविराज ओझाले आफूमाथि हिंसा गरेको बताइन् । उनले भनिन्, ‘विराटनगरमा बाबुआमाको ठूलो इज्जत छ, त्यही इज्जत जोगाउन मैले ३ वर्षदेखि हिंसा सहेँ ।’

उनले छविराजले बारम्बार आफूमाथि आरोप लगाउने गरेको बताइन् । सधै शंकाको दृष्टिले हेरेको र नानाथरी भन्ने, दिउँसै रमाएर हिँड्ने आइमाई भन्दै कुट्ने गरेको उनले सुनाइन् ।

‘शुरुदेखि नै शंका गर्नुहुन्थ्यो, जोसँग काम गर्‍यो, उहीसँग शंका गर्ने गर्नुहुन्थ्यो, पहिलो फिल्मदेखि अरु फिल्ममा खेल्ने कलाकारका बारेमा पनि मात्र भन्ने गनुहुन्थ्यो,’ शिल्पाले भनिन्, ‘आर्यन सिग्देलका बारेमा पनि मलाई उहाँले नकारात्मक कुरा भन्नुभएको थियो, त्यही भएर म फ्यान भएर पनि उहाँसँग राम्रोसँग नबोली फिल्मको शूटिङ सकियो ।’

उनले छविराज ओझामाथि सधै हिंसा र दबाबमा पारेको आरोप पनि लगाइन् । आफूले कुनै पनि फिल्म गर्दा छविराजकै अफिसमा बसेर गर्ने गरेको र हरेक फिल्ममा काम गर्दा पहिले सोध्ने गरेको पनि उनले बताइन् ।

‘मैले हरेक फिल्मको डिल गर्दा उहाँकै अफिसमा बोलाएर गर्थेँ, उहाँलाई सोधेर गर्थेँ, जो मान्छे भेटेपनि उहाँकै अफिसमा बोलाएर गर्थेँ, फिल्मको स्किृप्ट मेरोभन्दा पहिले उहाँको हातमा पुग्थ्यो,’ उनले भनिन् ।

शिल्पाले आफ्नो ३ वर्षे सम्बन्धलाई टुङ्ग्याउँदै डिभोर्स प्रक्रिया अगाडि बढाएकी छिन् । आफूले ३ वर्षदेखि अन्याय सहँदै आएको भन्दै उनले डिभोर्स दिएकी हुन् ।

‘उहाँले मलाई बारम्बार के भन्नुहुन्थ्यो भने, मैले एउटालाई मारिसकेँ, तलाईं मार्न गाह्रो छैन भन्नुहुन्थ्यो,’ शिल्पाले भनिन् ।

उनले इज्जतको ख्याल आफूमा पनि भएको र त्यही कारण आजसम्म चुप लागेको बताइन् । भनिन्, ‘मलाई एकदमै गाह्रो भयो र पो म प्रहरीकहाँ गएँ, ३ वर्ष सँगै बसेको मान्छेको मलाई माया लाग्दैन र ?’

के भन्छन् छविराज ओझा ?

बाघ निर्माता भनेर चिनिने छविराज ओझाले भने दुवैमा गल्ती भएको हुनसक्ने बताएका छन् । उनले घुमाउरो पारामा आफूले शिल्पामाथि प्रश्न उठाएको स्वीकार गरे पनि यसमा शिल्पाको पनि दोष भएको जिकिर गरेका छन् । झगडा गरेपछि घर छोडेको विषयमा पनि उनले शिल्पा आफै घर छोडेर गएकाले फेरि आउलिन् या फोन आउला नि भनेर आफूले फोन नगरी बसेको दाबी गरेका छन् ।

‘घर छोडेर उहाँ जानुभएको थियो, उताबाट खबर आउला भन्ने लागेको थियो, अस्ति प्रहरीमा उजुरी पर्दा पनि मैले उहाँलाई अब मिलौँ, सरी आइ लभ यु भनेको हुँ,’ ओझाले भने, ‘शिल्पा जीको पनि दोस्रो बिहे हो नि, मैले थाहा पाएरै गरेको हो, अहिले जुन अवस्था सिर्जना भएको छ, यसमा कुनै गुनासो छैन ।’

उनले अहिले नेपालमा महिलाले उठाउने विषय नै यस्तै भएको प्रतिक्रिया दिए । ‘मैले उहाँलाई जबरजस्ती लिएको होइन नि, उहाँले पनि ३ वर्ष लभ गरेर, त्यसपछि बिहे गर्नुभएको थियो,’ उनले भने ।

राम्रो गर्दागर्दै पनि कहिलेकाहीँ नराम्रो हुने स्वीकार्दै आफूले सकभर सहमतिमै मिल्न खोजेको बताए । ‘जानी नजानी गल्ती भए होला, उहाँका पनि केही कमजोरी होलान्, मैले मिलौँ भनेको हुँ, उहाँलाई डिभोर्स चाहिएको छ भने पनि केही छैन,’ उनले भने ।

सामाजिक सञ्जालमा पनि बहस

नायिका शिल्पा पोखरेल र छविराज ओझाको घरझगडाको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि बहस भएको छ । एकथरीले दुवै मिलेर अगाडि बढ्नुपर्ने भनिरहेका छन् भने अर्काथरीले शिल्पाले ठीकै गरेको भनिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले पत्रकार रवि लामिछानेसँग तुलना गर्दै छविराज ओझालाई ४ बिहे गर्ने पतिका रुपमा हेरेका छन् । कतिपयले शिल्पा पोखरेललाई पनि छविराज ओझाको सम्पत्तिमा आँखा लगाउन यत्रो नाटक रचिएको आरोप लगाएका छन् । यसमा शिल्पाले आफू पहिलेदेखि नै सम्पन्न परिवारकी एक्ली छोरी भएको र सम्पत्तिमा आँखा लगाउन आफू नआएको बताएकी छिन् । डिभोर्सपछि पाउने सम्पत्तिका बारेमा भने उनले भनिन्, ‘कानूनले जे भन्छ, त्यही मान्न तयार छु ।’

रमाइलो कुरा त के छ भने शिल्पा र छविराज ओझा झण्डै ३ वर्ष प्रेमसम्बन्धमा रहेका थिए । नायिका रेखा थापासँग डिभोर्स गरेका छविराज ओझाले शिल्पा पोखरेललाई आफ्नी प्रेमिका बनाएका थिए । उमेरका हिसाबले शिल्पा २५ वर्ष पुगिन् भने छविराज ५५ वर्ष पुगे । अब छविराजले बिहे नगर्ने बताएका छन् ।

छविराजका अनुसार शिल्पाले उनीसँग दोस्रो बिहे गरेकी हुन् । यस अर्थमा शिल्पाले पनि २५ वर्षकै उमेरमा दोस्रो बिहे गरेकी छिन् । र, उनी छविराजसँग डिभोर्स दिने सुरमा छिन् । सम्भवत: उनले तेस्रो बिहे पनि गर्नेछिन् ।

शिल्पा र छविराजले वि.सं. २०७३ साल असार २९ गते बिहे गरेका थिए । बिहे गरे पनि दुवैले बिहेका बारेमा मिडियामा लुकाउँदै आएका थिए । बिहे गरेको साढे २ वर्षपछि झण्डै ६ महिनाअघि यी दुईले बिहे दर्ता गराएका थिए । बिहे दर्ता गराएको ६ महिनापछि दुवै डिभोर्सको तयारीमा लागेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ११ : ४३ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका