छविले लेखे– ‘कुनै अदालत जानु पर्दैन, छवि ओझाको अदालतमा आउनुस् न्याय पाउनुहुन्छ’ « Khabarhub

छविले लेखे– ‘कुनै अदालत जानु पर्दैन, छवि ओझाको अदालतमा आउनुस् न्याय पाउनुहुन्छ’


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– चलचित्र निर्माता तथा निर्देशक छवी ओझा र अभिनेत्री समेत रहेकी उनकी श्रीमती शिल्पा पोखरेलबीचको झगडाले थप चर्को रुप लिएको छ । घरायसी झगडाकै कारण केही दिन अघि सिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् ।

त्यसको भोलिपल्ट सिल्पा र छवीबीच मिलापत्र भएको भन्दै निस्किएपछि झगडा अझै साम्य भएको छैन । उनीहरुबीच डिभोर्ससम्मको स्थिति पुगेको चलचित्र बजामार हल्ला चर्किएको छ ।

यो झगडा सुल्झिनुको साटो दिनदिनै बल्झिँदै गएको छ ।उनीहरु युट्युबमा दुबै एकअर्कालाई गलत साबित गर्न लागिपरेका छन् । शिल्पाले छविका पुराना घाउ पनि कोट्याइरहेकी छिन्, छवि तिनको बचाउमा लागेका छन् ।

दुबैले एक अर्कालाई गलत साबित गर्ने प्रयास गरिरहँदा छवि ओझाले सोमबार मध्यरात १२ बजे शिल्पालाई सम्बोधन गर्दै स्ट्याटस लेखेर आफ्नो अदालतमा आए न्याय पाउने जिकिर गरेका छन् ।

मध्यरातमा लेखेको स्ट्याटसमा निर्माता ओझाले शिल्पासँग तीन दिनदेखि भेट्न खोज्दा पनि समय नदिएको र आफू शिल्पासँग टेबलमा बसेर छलफल गर्न तयार भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाईंलाई पनि पार्दिन । मैले तीन दिनदेखि भेट्न खोज्दा तपाईंले मेरो वकिलले भेट्छ भन्नु भयो । म फेरि पनि भन्दैछु , संसारको कुनै पनि अदालत जानु पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईंले न्याय पाउनुहुन्छ ।’

स्ट्याटसमा छविले शिल्पाले लगाएका सबै आरोपमा सत्यता नभएको पनि जिकिर गरेका छन् । उनले शिल्पा मिल्न तयार भएर आफू गल्ती कमजोरी सच्याएर गान्धी बन्न तयार रहेको पनि बताएका छन् ।

गत आइतबार शिल्पाले छविले आफूमाथि कुटपिट गरेको भन्दै शिल्पाले प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । ओझाले आफूबाट गल्ती भएको भन्दै लिखित माफी मागेपछि दुबैलाई प्रहरीले मिलाएर पठाएको थियो ।

उनको स्टाटस यस्तो छ –

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ११ : ०२ बजे

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले

मेडिकल काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने 

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्ना सेवाहरूबारे चिकित्सकहरूलाई सहजै जानकारी दिन

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन