पाकेटमारका आफ्नै कोड भाषा– पैसालाई ‘द’ पुलिसलाई ‘ठूल्दाइ’ | Khabarhub Khabarhub

पाकेटमारका आफ्नै कोड भाषा– पैसालाई ‘द’ पुलिसलाई ‘ठूल्दाइ’



काठमाडौं– यदि तपाईं सार्वजनिक सवारी या कुनै भीडभाडमा यात्रा गर्दै हुनुहुन्छ र अपरिचित व्यक्तिले कोड भाषा प्रयोग गर्दै गरेको सुन्नुभयो भने सतर्क हुनुहोस् । किनकी तपाईं पाकेटमार अर्थात् लुटेराको निशानामा पनि हुन सक्नुहुन्छ ।

अहिले राजधानीमा सक्रिय रहेका पाकेटमारहरुले आफ्नौ कोड भाषा प्रयोग गर्ने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, कम्तिमा २/२ जनाको समूह बनाएर हिड्ने पाकेटमारहरुले छुट्टै कोड भाषा बनाएर लुटपाट गर्ने गरेका छन् । सुवेदी भन्छन्– ‘पाकेटमारहरुको मुख्य निशानामा सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरु बढी मात्रामा पर्ने गरेका छन् ।’

यस्तो छ पाकेटमारले प्रयोग गर्ने कोडभाषा
पैसा – द
मोवाईल – कान
पाकेटमार पीडित – रामे
पाकेटमारी गर्ने (मास्टर) – काशी
पैसा धेरै छ – टानको द
पैसा थोरै छ – जुटको द
गाडी – कांचा
केटा – छापा
केटी – भद्री
पुलिस आयो – ठुल्लदाई आयो
ड्राईभर – माम
खलासी – माले
गाडिबाट झरेर भाग – टप्की
गाडीभित्र अगाडी सर – अकल जा
गाडीभित्र पछाडी सर – चिछल जा ।
            स्रोतः महानगरीय प्रहरी परिसर, काठमाडौं

काठमाडौंमा लुटपाटका घटना बढेको गुनासोपछि महानगरीय प्रहरी परिसर काठमाडौंले त्यसविरुद्ध अभियान नै चलाएको छ । एसएसपी सुवेदीका अनुसार जेठ महिनामा प्रहरीले चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा ८२ जनालाई प्रकाउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा ७८ जना पुरुष र ४ जना महिला रहेको छन् । यस अघि बढी जसो यस्ता अपराधमा पुरुषहरुको मात्र संलग्ना हुने गरेको पाइए पनि अहिले पुरुषसँगै महिलासमेत अपराधमा संलग्न हुन थालेको प्रहरीको भनाइ छ ।

अहिले प्रहरीले पक्राउ गरेका अधिकांश २० बर्ष देखि २५ बर्ष उमेर समूहका छन् । पाकेटमारबाट प्रहरीले ६ लाख भन्दा वढी रकम वरामद गरेको छ । साथै २१ थान मोवाइल, २ थान ल्यापटप, लगायतका अन्य सामगी रहेको छ । जसमध्ये कानुनी प्रक्रिया पुर्‍याएर केही फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

कसरी पाकेट मार्छन् ?

शुरुमा २/२ जनाको दरले ६ जनासम्मको समुह बनाई सार्वजनिक बसमा छिर्ने गरेको पाइएको छ । पाकेटमारहरुले पैसा तथा सुनचाँदी वा मोबाइल भएको यात्रुलाई पहिचान गर्ने र अगाडि पछाडीवाट घेरावन्दीमा पारी ठेलाठेल गर्दै मौका छोपेर पाकेटमा मार्ने गरेको पाइन्छ ।

यात्रुको मोवाइल, नगद र सुनचँँदी लगायतका सामाग्री लुटिसकेपछि पालैपालो गरी उनीहरु गाडिबाट ओर्लने गरेको प्रहरीले जनाएको छ । एसएसपी सुवेदीका अनुसार प्रहरी हुँ भन्दै लुटपाट गर्ने देखि पैदल यात्रुको झोला खोसेर भाग्नेसम्मका लुटेरा रहेका छन् ।

पक्राउ परेका अधिकांश यसअघि पनि पाकेटमार घटनामा नै समातिएका र केही नवौं पटकसम्म पाकेटमारमा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

पाकेटमारलाई के छ, कानून ?

पाकेटमारलाई कानूनले भिन्न भिन्न रुपमा वर्गिकरण गरेको छ । पकेटमार गर्दा गर्दै रगेंहात पक्राउ परेमा चोरी, समुह बनाएर यस्तो घटना घटाउँदा लुटपाट र सामान फेला नपरे अभद्र ब्यवहार हुने नियम छ ।

कारबाहीका हकमा भने पहिलोपटक पाकेट मार्नेलाई एक महिना जेल सजाय र बीगो बरावरको जरीवाना, दोस्रो पटक पाकेट मारेको पाइएमा २ महिना जेल र बीगो बरावरको जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानूनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ०८ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्