शिक्षा क्षेत्रमा एक चौथाई खर्च कटौतीको ब्राजिलमा विरोधमा प्रदर्शन | Khabarhub Khabarhub

शिक्षा क्षेत्रमा एक चौथाई खर्च कटौतीको ब्राजिलमा विरोधमा प्रदर्शन


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– शिक्षा क्षेत्रमा खर्च कटौतिको विरोधमा ब्राजिलमा विशाल प्रदर्शन भएको छ । सरकारले विद्यालय तथा विश्वविद्यालयका लागि एक चौथाई भन्दा धेरै खर्च कटौती गर्ने नीति अघि सारेपछि प्रदर्शनको आयोजना गरिएको हो ।

मुलुकको राष्ट्रिय विद्यार्थी युनियनको आह्वानमा २ सय भन्दा धेरै शहरमा भएको प्रदर्शनमा लाखौं विद्यार्थी, शिक्षक तथा अभिभावकको सहभागिता रहेको जनाइएको छ ।

केही शहरमा भएका प्रदर्शन हिंसात्मक समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले राजधानी ब्रासिलियासहित रियो दि जेनेरियो तथा सबैभन्दा ठूलो शहर साओ पाउलोमा भएका प्रदर्शन हिंसात्मक बनेको र प्रदर्शनकारीले शहरका ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका थिए ।

केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

मुलुकका शिक्षामन्त्रीले भने अघिल्लो सरकारले शिक्षा क्षेत्रमा अनावश्यक खर्च गरेकाले त्यसलाई नियन्त्रण गर्नका लागि शिक्षा क्षेत्रमा खर्च कटौती गर्नुपरेको जनाएका छन् ।

यता हाल अमेरिका भ्रमणमा रहेका राष्ट्रपति बोलसोनारोले भने प्रदर्शनकारीलाई मूर्खहरुको संज्ञा दिँदै यस्ता प्रदर्शनबाट ब्राजिलको सरकार नडगमगाउने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो प्रदर्शन दक्षिणपन्थी राष्ट्रपति जइर बोलसोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा वृहद रहेको बताइएको छ । पछिल्लो समय सोचेजस्तो आर्थिक विकास, रोजगारी तथा सरकारभित्रै आन्तरिक मतभेदका कारण बोलसोनारोको पक्षमा जनमत खस्किँदै गएको सर्वेक्षण सार्वजनिक हुने थालेपछि पछिल्लो प्रदर्शन भएको हो ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ३ : २५ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्