तनुश्रीले लगाएको यौन शोषणको आरोपमा भेटिएन सबूत | Khabarhub Khabarhub

तनुश्रीले लगाएको यौन शोषणको आरोपमा भेटिएन सबूत


२ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड नायिका तनुश्री दत्ताले मीटु क्याम्पेनिङका बेला नाना पाटेकरमाथि लगाएको यौन शोषणको आरोपले सबैलाई चकित बनायो । तनुश्रीले पाटेकरमाथि आरोप मात्र लगाएकी थिइनन्, प्रहरीकहाँ उजुरी पनि दिएकी थिइन् । तर, प्रहरीले यस घटनामा एउटा पनि सबूत फेला पार्न सकेको छैन ।

उजुरी दिएको सात महिना बितिसक्दा प्रहरीलाई तनुश्रीले दिएको शिकायतको एक पनि प्रमाण जुट्न सकेन, जसकारण मुद्दा अगाडि बढ्न सकेको छैन । भारतीय प्रहरीका अनुसार साक्षीले १२ देखि १५ वटा बयान दिइसकेका छन् । तर तीमध्ये तनुश्रीले आरोपमा कुनै समर्थन गर्दैनन् ।

घटना २००८ मा फिल्म हर्न ओके प्लीजको आइटम डान्स शूटिङ गर्दा भएको भनिएको छ । साक्षीमा डेजी शाहको नाम पनि छ । उनी त्यतिबेला गणेश आचार्यकी असिस्टेन्ट थिइन् । त्यतिबेलाका कोरस र प्राविधिक पनि साक्षी बसेका छन् । बलिउडमा पनि केही समयअघि मीटु अभियान चलेको थियो । सो क्रममा तनुश्रीले नानापाटेकरमाथि आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २ जेठ २०७६, बिहीबार  ११ : १९ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा