यु–१९ विश्वकप एसिया छनोट : नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

यु–१९ विश्वकप एसिया छनोट : नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले ओमानी यु–१९ टिमलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको एसटीसी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन मात्रै बनाउन सक्यो ।

नेपालको अग्र पङ्तीका ब्याट्सम्यानहरु सानो योगफलमा समेटिएपछि दबाबमा रहेको टोलीलाई कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ओमानसामू मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि २ सय २९ रन बनाउन कप्तान रोहित कुमार पौडेलले ७५ रन बनाए । उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै ओमानविरुद्ध लक्ष्य लम्बाएका थिए । उनले २३ बलमा ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे ।

त्यस्तै, अर्का ब्याट्सम्यान भीम सार्कीले ३९ रन, अभिषेक बस्नेतले १५ र रित गौतमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालविरुद्ध ओमानका मुजहिर राजा, संजय रविन्द्र, जेल तान र अजाम अलिले समान दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ११ : ०५ बजे

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा