धान धितोमा राख्नुहोस्, नगद ऋण लिएर जानुहोस् | Khabarhub Khabarhub

धान धितोमा राख्नुहोस्, नगद ऋण लिएर जानुहोस्


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बुटवल– बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर  ५५ हजार ऋण सापटी लिए । आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने गाहाकाे साेच छ ।

त्यस्तै सोही वडा दुबौलीका शोभाकान्त अर्यालले २५ क्विन्टल धान धितो राखेर  ४० हजार ऋण लिएका छन् । अर्का पोखराबारीकै ओमनारायण थारूले ३० क्विन्टल धान धितो राखेर  ५० हजार ऋण लिएका छन् । उक्त ऋणवापत सबैले आफूले उत्पादन गरेको धान धितो राख्नुभएको ऋण लगानीकर्ता सिम्रिक सहकारी संस्थाका व्यवस्थापक खिमानन्द पाण्डेले बताए ।

पहिले धान उठाउँदाउठाउँदै खलोबाट सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कृषकले उपमहानगरपालिकाले शुरु गरेको धान धितो राखी कृषकलाई ऋण लगानी गर्ने कार्यक्रमबाट फाइदा लिएका छन् । किसानले यो कार्यक्रमबाट लाभ मिलेको बताउँदै उपमहानगरपालिकालाई निरन्तरता दिन आग्रह पनि गरेका छन् ।

बाली लगाउँदा लागेको ऋण तिर्न एवं घरायसी खर्चका लागि अति न्यून मूल्यमा खलोबाटै धान बिक्री गर्न बाध्य किसान अहिले धान धितो कार्यक्रमले धेरै राहत भएका बताएका छन् । आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले कृषकका सबै धान बिक्री गरी वा कुटानी गरी आफूले पाउनुपर्ने साँवा–ब्याज सेवाशुल्क आदि असुल गरेर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो नयाँ कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’ बमोजिम उपमहानगरपालिका र वडा नं १७ मा रहेको सिम्रिक सहकारी संस्थासँग गत वर्ष सम्झौता भएको थियो । यस कार्यक्रमबाट पहिलो चरणमा १३५ किसानले प्रत्यक्ष फाइदा लिएका छन् । किसान आपसमा सहमतिमा आएका एक गाउँ एक बस्ती बनाएर बाँकी जग्गामा व्यावसायिक खेती गर्ने सोच उपमहानगरपालिकाको रहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

उपमहानगरका दुवौली, पोखराबारी, मोतीपुर, सौराहा, सौरहिया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतीगञ्जलागायत टोलका किसानले न्यूनतम चार क्विन्टलदेखि ३०० क्विन्टलसम्म धान धितो राखेर ऋण लिइरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

पहिलो चरणको कार्यक्रममा पाँच हजार क्विन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । किसानले धान रोपेको र काटेको खेतालाको ज्यालाको पनि ऋण लिने गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  १० : ५३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड