प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’! | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’!


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटारमा उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषदमा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएको नागरिक दैनिकमा खबर छ ।

काठमाडौंमै रहेर पनि गृहमन्त्री थापा, उर्जामन्त्री पुन उपस्थित भएनन भने अन्य मन्त्रीहरु भने काठमाडौं बाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए । बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो । बिहानै उपस्थित हुन गरिएको आग्रहमा केही मन्त्री बाहिर भएकाले नआए पनि काठमाडौं मै भएका मन्त्रीहरु किन नआएको भन्ने थाहा नभएको बालुवाटार स्रोतले बताएका छ ।

त्यस्तै ७ रोपनी १० आना फिर्ता शीर्षकको समाचारमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँ बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ । पछिल्लो समय सरकारी जग्गा भूमाफियाको चंगुलमा पर्ने गरेका छन् । मालपोतका कर्मचारीले सहयोग गर्दा भूमाफियाको रगरगी बढेको छ ।

त्यस्तै सिंहदरबारमा मन्त्रालयका अधिकांश ढोका बन्द शीर्षकको अर्को समाचारमा मन्त्रालय बजेट बनाउन जुटेका कारण मन्त्रालयका अधिकांश ढोका बन्द भएको समाचार पत्रिकाले छापेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ५६ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी