जाडोमा धेरैबेर हिटर ताप्दै हुनुहुन्छ ? साबधान ! ख्याल गर्नोस् नत्र जाला ज्यान | Khabarhub Khabarhub

जाडोमा धेरैबेर हिटर ताप्दै हुनुहुन्छ ? साबधान ! ख्याल गर्नोस् नत्र जाला ज्यान


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।

चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ ।

जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । नत्र यसले ज्यान नै लिन सक्छ ।

यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्याँस बढ्न जाने र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।

त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नु पर्ने चिकित्सकहरूले सुझाव दिन्छन् । लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ ।

धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छालाको क्वालिटिमा समेत असर गर्छ। यसले छाला फुट्ने चाउरीपन देखा पर्नेगर्छ ।

कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आखाँलाई असर पुर्‍याउछ, यसले आखाँको ज्योती कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ ।

त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन। सकेसम्म १० सेन्टिमिटर टाटा राखेर हिटर ताप्ने गर्नुपर्छ  ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ५ : ५० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम