लुम्बिनी विकास बैंकद्वारा सिद्घ माध्यामिक विद्यालयलाई आर्थिक सहयोग | Khabarhub Khabarhub

लुम्बिनी विकास बैंकद्वारा सिद्घ माध्यामिक विद्यालयलाई आर्थिक सहयोग


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी विकास बैंकले पोखरा महानरपालिका १५ मा रहेको सिद्घ माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत पोखरा महानगरपालिक–१५, रामबजार स्थित श्री सिद्घ माध्यामिक विद्यालयलाई शैक्षिक सामग्री खरीदका लागि ६० हजार हस्तान्तरण गरेको हो ।

बैंकका संचालक सुशिल राज पराजुलीद्वारा विद्यालय व्यवस्थापन समितिलाई कात्तिक २८ गते आर्थिक सहयोग वापत रु. ६०,०००÷– को चेक हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा पराजुलीले लुम्बिनी विकास बैंक लि. ले जीवन उपयोगी शिक्षाको ज्योती फैलाउदै समग्र देशको समुन्नतीको लागि योग्य जनशक्तिको आधार तयार गर्दै आएका यस किसिमका विद्यालयहरुलाई विभिन्न किसीमले सक्दो सहयोग गर्दै जाने बताए ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ६५ शाखाहरु र १४ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ३६ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड