स्वदेश फर्कनु अघि बंगलादेशका राष्ट्रपति आजै चन्द्रागिरी र पाटन दरबार जाने | Khabarhub Khabarhub

स्वदेश फर्कनु अघि बंगलादेशका राष्ट्रपति आजै चन्द्रागिरी र पाटन दरबार जाने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिने नेपाल भ्रमण पूरा गरि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (शुक्रबार) स्वदेश फर्किँदै छन्।

स्वदेश प्रस्थान गर्नुअघि उनले चन्द्रागिरी र पाटन दरबार स्क्वायर अवलोकन गर्ने भएका छन् । विहान ११ बजे चन्द्रागिरी र दिउँसो १ बजे पाटन दरबार स्क्वायर घुमेर उनी आज अपराह्न ४ बजे बंगलादेश प्रस्थान गर्ने छन् ।

गत मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिदले बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भए । वहीवार विहान पोखरा पुगेका उनले फेवातालमा जलविहार गर्नुका साथै रुपाकोटबाट दृश्यावलोकन गरेका थिए ।

राष्ट्रपति हमिद स्वदेश प्रस्थानका लागि आज अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयअनुसार उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ०२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई