उद्धार गरिएका बाल मजदूरमा मानसिक समस्या | Khabarhub Khabarhub

उद्धार गरिएका बाल मजदूरमा मानसिक समस्या


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्धार गरिएका बाल मजदूरमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य सम्बन्धी समस्या रहेको अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय र बेलायतको किङ्गस कलेजले गरेको अध्ययनमा सो तथ्य फेला पारेको हो ।

बाल मजदूरलाई उद्धार गरी पुनःर्स्थापना कार्य गर्दै आएका उपत्यकाभित्रका आठवटा संस्थाका १०३ बालबालिका माथि सो अध्ययन गरिएको थियो । अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा त्रिचन्द्र क्याम्पसको मनोविज्ञान विभागका प्रमुख डा. नारायणप्रसाद शर्माले त्यस्ता बालबालिकाले कुनै न कुनै किसिमको दुर्व्यवहार भोगेको पाइएको बताए । उनले भने ‘ती बालबालिकाको ध्यानमा विचलन देखिएको छ।’

उद्धार गरिएकामध्ये ६२ प्रतिशत बालबालिकाले तीनभन्दा बढी प्रकारका दुर्व्यवहार भोगेको अध्ययनले देखाएको छ । त्यस्ता बालबालिकाले शारीरिक, यौन, भावनात्मक, वेवास्ता लगायतका दुव्र्यवहार भोग्नुपरेको थियो । अध्ययनमा १२ देखि १८ वर्ष उमेर समूहलाई सहभागी गराइएको थियो ।

त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक सन्देश ढकालले अध्ययनले ९.७ प्रतिशतमा सधैभरि डर लाग्ने लक्षण, २७.२ प्रतिशतमा नजिकका व्यक्तिसँग छुट्टिनुपर्ने डर, २५.२ प्रतिशतमा आत्तिने डर देखिएको जानकारी दिए ।

उनले उद्धार गरिएकामध्ये ६.८ प्रतिशत बालबालिकामा कडा खालको डिप्रेसन र १२.६ प्रतिशतमा कम खालको डिप्रेसन समेत देखिएको बताए ।

‘यस्ता मानसिक समस्या पालेर बस्दा त्यसले डरलाग्दो रुप लिन सक्दछ । त्यसैले जतिछिटो उनीहरुको समस्या पहिचान गरी उपचार गर्नै पर्दछ’ उनले भने, ‘केही बालबालिकामा कम्प्युटरमा आधारित विधि प्रयोग गरेर उपचार सुरु गरेका छौँ । त्यो विधि सफल भएमा अन्य बालबालिकालाई पनि काम लाग्न सक्दछ।’

किङ्गस कलेज लण्डनका सहप्राध्यापक जेनिफर एफ लाउले भारत र नेपालका बाल मजदुरमाथि गरिने दुव्र्यवहार समान रहेको बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम