नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स « Khabarhub

नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आँखाको ज्योति फर्काउने लेन्स नेपालले विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् ।

आँखा मानिसको सम्वेदनशील अंग । सुन्दर विश्वलाई नियाल्ने आँखाको दृष्टि गुम्दाको पीडा कस्तो होला ? सबैले अनुभव गर्न सक्ने कुरा हो । विभिन्न कारणबाट दृष्टि गुमाउनेको पीडा त झन कल्पना नै गर्न सकिँदैन । यी सबै पीडालाई मल्हम लगाउने गरी नेपालमै उत्पादन भएको कृत्रिम लेन्सले काम गरिरहेको छ ।

तिलगंगा आँखा अस्पतालले उत्पादन गरेको कृत्रिम लेन्सका कारण नेपालका मात्र होइन विश्वका धेरै देशका नागरिकको दृष्टि फर्किएको छ ।

नेपाल दक्षिण एसियामा आँखाको लेन्स उत्पादन गर्ने पहिलो देश पनि हो । लेन्स बनाउन आवश्यक पर्ने कच्चा पदार्थ अमेरिका र बेलायतबाट आयात गर्ने गरिएको छ ।

नेपालमा २५ वर्षदेखि आँखाको लेन्स उत्पादन हुँदै आएको छ । मोतीबिन्दुका बिरामीलाई चाहिने लेन्स भने तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्छ । अष्ट्रेलियामा रहेको फ्रेडल फाउन्डेसनको प्राविधिक सहयोगमा तिलगंगा आँखा अस्पतालमा आँखाको कृत्रिम लेन्स उत्पादन शुरु गरिएको हो ।

२०४९ सालमा तिलगंगामा लेन्स उत्पादन गर्ने ल्याब शुरु गरिएको भएपनि २०५३ सालबाट लेन्सको बिक्री थालिएको हो ।

शुरुमा तिलगंगाले एउटा लेन्स तीन डलरमा उत्पादन गरेर विश्वबजारमा १५–२० डलरमा पठाउने गरेको र पछि उत्पादन बढ्दै गएपछि लेन्सको मूल्य पनि घट्दै गएको तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले बताए ।

नेपालमा पीएमएमए पुरानो प्रविधिबाट बनाइने लेन्स र फोल्डेबल नयाँ प्रविधिबाट बनाइने लेन्स उत्पादन हुन्छ । प्रतिष्ठानले वर्षमा झण्डै ४ लाख लेन्स उत्पादन गर्छ ।

यहाँ बनेको लेन्स चीन, पाकिस्तान, मलेसिया, सिंगापुर, थाइल्याड, दक्षिण अफ्रिका, इन्डोनेसियालगायत ७० देशमा जान्छ । २०५३ पछि अहिलेसम्म झण्डै ५६ लाख ३५ हजारको संख्यामा कृत्रिम लेन्स उत्पादन गरिएको अस्पतालले जानकारी दिएको छ ।

मोतियाविन्दु पीडित अब दृष्टिबिहीन हुनु पर्दैन

२५ वर्ष अघि मोतियाविन्दु लागेर दृष्टि गुमेका नेपालीका लागि पुनः दृष्टि प्राप्त गर्न सहज थिएन । विदेशबाट आयत गरिने कृत्रिम लेन्स महंगो पर्ने भएकाले नेपालीहरु सम्भव हुने उपचारबाट पनि बञ्चित थिए ।

तिलगंगा आँखा अस्पतालले सन् १९९५ देखि कृत्रिम लेन्स उत्पादन शुरु गरेपछि नेपालीका लागि मात्रै होइन बिदेशीका समेत नेपाली लेन्सको उपलब्धता सहज बनेको छ ।

त्यसैले २५ वर्ष अगाडी मोतियाविन्दु भएर आँखाका दृष्टि गुमाएका नेपालीहरु जीवनभर अन्धकारमै बस्नुपर्ने बाध्यता थियो । तर अहिले मोतियाविन्दु भएर दृष्टि गुमाएकाहरुले नेपालमै उत्पादन भएको कृत्रिम लेन्स राखेर नयाँ दृष्टि पाउन थालेका छन् ।

यो पनि पढौं

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ४० बजे

विश्वकप फाइनलमा गुरू-शिष्य आमनेसामने, डे ला फुएन्तेसँग फुटबल प्रशिक्षण पढेका थिए स्कालोनीले

काठमाडौं- फिफा विश्वकपको फाइनलमा नेपाली समयअनुसार सोमबार बिहान स्पेन र

हरित बैकिङ्ग पद्धति प्रवर्द्धनका लागि कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्स्बीच रणनीतिक साझेदारी

काठमाडौं– कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी

युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु

कम्पाला– पूर्वी युगान्डामा स्कुल बस दुर्घटना हुँदा २० जना स्कुले

दुर्गेशको गीत ‘ताराबाजी लै लै’लाई प्रतिबन्ध लगाउन सरकारकहाँ निवेदन

काठमाडौं- गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’ मा

लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं– लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्रियाकलापको कार्यान्वयनमा स्थानीय