एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि « Khabarhub

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ ।

अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक व्यवस्थापक शंखनारायण त्वायनाले जानकारी दिए ।

यो प्रविधि नआउँदासम्म एक व्यक्तिको आँखा दुई जनामा मात्रै प्रत्यारोपण गर्न सकिन्थ्यो । यो प्रविधिले समस्या भएको भागमा आवश्यक परेको भाग मात्रै प्रत्यारोपण गर्न सकिने व्यवस्थापक त्वायनाले बताए ।

२०५१ सालमा पहिलोपटक नेपालमा नै आँखा नानी निकालेर दुई व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । यो २५ वर्षमा झण्डै १५ हजार दृष्टिविहीनले दृष्टि पाइसकेका तिलगंगा अस्पतालले जनाएको छ ।

अहिलेसम्म ८० हजार जनाले आँखा दानका लागि मन्जुरी दिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : ०५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष