सुक्न थाल्यो सीको स्वागतका लागि बनाइएको बगैंचा (फोटोफिचर) | Khabarhub Khabarhub

सुक्न थाल्यो सीको स्वागतका लागि बनाइएको बगैंचा (फोटोफिचर)


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिनियाँ राष्ट्रपति सी चिनफिङको आवगमनका लागि २ दिनअघि काठमाडौंका सडक हेर्नलायक बने । दिनरात नभनी ब्रमुरले धुलो बडार्‍यो । सडक रातारात कालोपत्रे भए खाल्डाखुल्डी पनि पुरिए ।

सडकभरी गमलामा फुल राखेर सडकको सौन्दर्यता बढाइयो पनि । पोलपिच्छे सी चिनफिङ र विद्यादेवी भण्डारीका तस्वीर टाँसिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं २ दिनका लागि काठमाडौंमा माक्स लगाउनुपर्ने समस्याको पनि अन्त्य भयो ।

राष्ट्रपति सी चिनफिङ शनिवार साँझ काठमाडौं आइपुगे र आइतवार दिउँसो स्वदेश फर्किए ।

२ दिनसम्म सफा, चिटिक्क र रंगिचङ्गी देखिएका काठमाडौंका सडक उनी स्वदेश फर्किएसँगै परिर्वतन भएका छन् । बाटोमा दैनिक आवतजावत गर्नेहरुलाई सपनाजस्तै बनेको छ ।

चिनफिङ स्वदेश फर्किएको करिब २४ घण्टा नपुग्दै सडकमा राखिएका गमला काठमाडौं महानगरले उठाएको छ ।

त्यस्तै बिजुलीबजार स्थित बनिरहेको आर्ट नेटवर्क पुललाई छोप्नका लागि डिजिटल प्रिन्टिङ एण्ड साइनिङअफ नेपालले ठूलो फ्लेक्समा विभिन्न मन्दिरका दृश्य समेत राखेको थियो ।

जिङफिङ स्वदेश फर्किएकै दिन सो कम्पनीले पनि फ्लेक्स निकाल्न कामदारलाई सडकमा पठायो । ‘कम्पनीले तिनकुने, बिजुलीबजार र टेकुमा फ्लेक्स राखेका थियौं’ एक कामदारले भने ‘शनिवार साँझबाटै हामीले फ्लेक्स निकालेका हौं’।

सुक्न थाले तिनकुनेका विरुवा

वरीपरी माटोका थुप्रो । त्यही थुप्रोको डिलमा रोपिएका विभिन्न थरीका विरुवाहरु । माटो थुपारेको भिरालो भएको स्थानमा दुबोको चपारो राखिएको थियो । झाडी र माटोले थुपारिएको यो दृश्य काठमाडौंस्थित तिनकुनेको हो ।

जहाँ चिनियाँ राष्ट्रपति सी चिनफिङ आउनेभएपछि रातारात हरियाली बनाइएको तिनकुनेका विरुवाहरु सुक्न थालेका छन् । पार्कको वरीपरी माटोको डिल बनाएर रोपिएका ती विरुवाहरु पानीको अभावमा पहेलो बनेको देखिन्छ ।

कतिपय विरुवाहरु सुकिसकेको देखिन्छन् भने दुबोको हालत पनि उस्तै देखिन्छ । बाह्रै महिना घास पलाउने तिनकुनेको डिल मात्र भएपनि हेर्न लायक बनेपछि मानिसहरु हेर्न र सेल्फी खिच्न पुगेका छन् ।

के भन्छ महानगर ?

सी चिनफिङ काठमाडौं आउने भएपछि कुरुप अवस्थामा रहेको तीनकुनेलाई चिटिक्क र हेर्नलायक बनाउन ३ वटा नर्सरीलाई जिम्मेवारी दिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

रुद्राक्ष, ज्याकारान्डा, कपुर, धुपी, कल्पी पाम लगायत ४ सय फुल र विरुवाहरु रोपिएको महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि कुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

रोपिएका कतिपय विरुवाहरु सुकिसकेका छन् त्यस्तै धेरै विरुवाहरुले पानी मागिरहेका छन् पात पहेलै भइसकेको छ त्यसमा पानी हाल्ने र रेखदेख गर्ने काम कसले गरिरहेको छ ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘पछाडीबाट पनि माटो र दुबो थप्ने तयारीमा छौं, पानी हालिराखेकै छन्।’

महानगरको भनाई विरुवाको हेरचाहका लागि खटिरहेकै भएपनि स्थलगत रुपमा जानेहरुले भने त्यो देख्दैनन् ।

माइतीघरमा राखिएका गमलाका फूल वन मन्त्रालयले सिंहदरवार लगेको श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘फूलविरुवाहरुका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाबाट पनि सहयोग आएको थियो त्यसमा महानगरको खर्च भएको छैन’ खबरहबसँगको कुराकानीमा उनले भने ‘महानगर सरसफाइमा केन्द्रित भएको थियो।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : ५८ बजे

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री