सर्वोच्चको नयाँ फैसलाले आइओएमको प्रवेश परीक्षाको बाटो खुल्यो | Khabarhub Khabarhub

सर्वोच्चको नयाँ फैसलाले आइओएमको प्रवेश परीक्षाको बाटो खुल्यो


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को स्नातक तहको नयाँ भर्नाका लागि हुने प्रवेश परीक्षा सञ्चालनका लागि बाटो खुलेको छ ।

सर्वोच्च अदालतले प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश निरन्तर नहुँने आदेश जारी गरेपछि आइओएमको परीक्षा सञ्चालनको बाटो खुलेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश जारी नहुने फैसला गरेका हो ।

चिकित्सा शिक्षा ऐन विपरित आइओएमका परीक्ष हुन लागेकोभन्दै आयुष ओझाले सर्वोच्चमा रिट हालेका थिए ।  उनको रिट निवेदनमा भदौं २० गते न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले आइओएमको परीक्षास्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदातलको आदेशपछि भदौं २१,२२, २३ र २४ गते हुने भनिएको आइओएमको प्रवेश परीक्षा स्थगित भएको थियो ।

सर्वोच्चको आइतबारको आदेशपछि आइओएमलाई परीक्षा सञ्चालनको बाटो खुलेको हो । अब आइओएमले नयाँ परीक्षा तालिका बनाएर परीक्षा सञ्चालन गर्न सक्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ३७ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको