पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले « Khabarhub

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम)का डिन प्राडा जगदीश अग्रवाललाई एक विद्यार्थीले कालोमोसो दलेका छन् ।

न्यू टाइम्सका ‘पत्रकार हुँ’ भन्दै अन्तरवार्ताका लागि समय मागेर भेटेका एक व्यक्तिले डा अग्रवाललाई आइतवार दिउँसो सवा दुई बजेतिर कालोमोसो दलेर भागेका हुन् ।

समाचारका लागि कुराकानी गर्न भन्दै अग्रवाललाई आइओएम परिसरमा भेटेका ती व्यक्तिले केही समय कुराकानी गरेपछि कालोमोसो छ्यापेर भागे थिए ।

डा अग्रवाललाई मोसो छ्यापेर भाग्ने व्यक्ति फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आइओएममा भर्ना प्रक्रियाको विषयलाई लिएर मेडिकल विद्यार्थीहरु आन्दोलित छन् ।

मेडिकल विद्यार्थीहरुले डा अग्रवालको कार्यकक्षामा दुईसातादेखि तालाबन्दी समेत गरेका छन् । कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरिदिएपछि डा अग्रवाल अन्य कोठामा बस्ने गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा