तेलुगु फिल्म खेल्दै परमिता | Khabarhub Khabarhub

तेलुगु फिल्म खेल्दै परमिता


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्ने भएकी छिन् । तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दको शीर्ष भूमिका रहने फिल्ममा परमिताले अभिनय गर्ने भएकी हुन् ।

फिल्मको नाम भने अझै तय भइसकेको छैन । फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले अभिनय गरेको फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज भएको थियो ।

फिल्ममा परमिताको जोडी अभिनेता गोपीचन्दसँग रहनेछ । पहिलोपटक तेलुगु फिल्ममा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित भएको परमिताले बताएकी छिन् । सामाजिक सञ्जालमा उनले एक लामो स्टाटस लेख्दै आफू निकै उत्साहित भएको बताइन् ।

साथै उनले फिल्म टिमसँगका केही तस्वीर समेत शेयर गरेकी छिन् । यद्यपि परमिताले अभिनय गरेका नेपाली फिल्म भने व्यावसायिक रुपमा खासै सफल छैनन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : ०२ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार