कुकुर पाल्न लाइसेन्स अनिवार्य ! | Khabarhub Khabarhub

कुकुर पाल्न लाइसेन्स अनिवार्य !


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुकुर इमान्दार र वफादार जनावर हो । घर तथा घरका सदस्यहरुको राम्रोसँग रेखदेख गर्ने भएका कारण प्रायः मानिसहरुले घरमा कुकुर पाल्ने गर्छन् ।

कुकुर पालनको सौखिन हुनुहुन्छ भने अब लाइसेन्स आवश्यक पर्ने भएको छ। तर यो नियम नेपालका लागि भने होइन । भारतको उत्तरप्रदेशस्थित गाजियावादमा कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य लिनुपर्ने नियम बनाइको हो ।

गाजियावादका घरपरिवार जसले कुकुर पाल्न चाहन्छन् उनीहरुले अब नगर निगममा पाँच हजार भारतीय रुपैयाँ जम्मा गरेर लाइसेन्स लिनुपर्ने छ। लाइसेन्सविना उक्त क्षेत्रमा कुकुर पाल्न निषेध गरिएको छ।

त्यस्तै कुकुरले सडक या पार्कमा दिशापिसाब गरे पाँच सय भारतीय रुपैयाँ जरिवानासमेत दिनुपर्ने नियम पनि बनाइएको छ।
छाडा कुकुरको संख्या बढ्दै गएपछि र वाहिरी वातावरणमासमेत दुर्गन्ध फैलन थालेपछि उक्त क्षेत्रमा यस्तो नियम ल्याइएको गाजियावाद स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : ५२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम