इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरको निर्णय | Khabarhub Khabarhub

इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरको निर्णय


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी अनुरोध विपरीत जिब्राल्टरका अधिकारीहरूले गत महिना कब्जा गरिएको इरानी तेल ट्याङ्करलाई तत्काल रिहा गर्न आदेश दिएका छन्।

अमेरिकाको न्याय मन्त्रालयले जिब्राल्टरस्थित अधिकारीहरूलाई उक्त तेल ट्याङ्करलाई नछोड्न अन्तिम समयमा अनुरोध गरेपछि यो निर्णय गर्ने प्रक्रिया केही घण्टाका लागि पछि धकेलिएको बीबीसीले जनाएको छ ।

जिब्राल्टरको सर्वोच्च अदालतले ग्रेस वान नामक ट्याङ्करलाई कब्जामा राख्नुपर्छ कि पर्दैन भनेर आदेश गर्न लागेको बेला अमेरिकाले त्यस्तो अनुरोध गरेको थियो। यस्तो अनुरोध कुन आधारमा गरियो भन्नेबारे सार्वजनिक गरिएको छैन।

स्थानीय सञ्चारमाध्यमले प्रधानन्यायाधीशलाई उद्धृत गर्दै यदि अमेरिकी अनुरोध नभएको भए इरानी पानी जहाज छुटिसक्ने भनी लेखेका थिए।

यस अघि स्थानीय सञ्चारमाध्यमले प्रधानन्यायाधीशलाई उद्धृत गर्दै यदि अमेरिकी अनुरोध नभएको भए इरानी पानी जहाज छुटिसक्ने भनी लेखेका थिए।

अमेरिकाको उक्त निवेदन “धेरै थरी आरोपका आधारमा पेस गरिएको र त्यसलाई विचार गरिने” जिब्राल्टारले बताएको थियो।

ब्रिटेनको विदेश मन्त्रालयले भने अमेरिकी अनुरोधका विषयमा आफूहरूले प्रतिक्रिया जनाउन नसक्ने जनाएको थियो।

जिब्राल्टर सरकारका प्रवक्ताले पनि उक्त ट्याङ्करमा रहेका चालक दलका चार जना सदस्यमाथि प्रहरी कारबाही सम्पन्न भइसकेको बताएको छ।

चालक दल सदस्यमा एक जना भारतीय नागरिक समेत छन्। २८ सदस्य चालक दलमा भारत बाहेक रुस, ल्याटभिया र फिलिपिन्सका नागरिक रहेका छन्। कब्जामा लिइएको पानीजहाजमा उनीहरूले ४३ दिन बिताइसकेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ९ : ३४ बजे

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा

झुटो समाचारमा नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध छु : न्यायाधीश भट्टराई

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले विभिन्न सञ्चार माध्यमबाट आफ्नो