विज्ञहरुको नजरमा सरकारको वर्ष दिन (भिडियो सहित) | Khabarhub Khabarhub

विज्ञहरुको नजरमा सरकारको वर्ष दिन (भिडियो सहित)


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिज्ञ, अर्थविद् तथा विभिन्न क्षेत्रका विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको वर्ष दिनको समीक्षा गरेका छन् । ‘खबर हब डटकम’ले आयोजना गरेको ‘ओली सरकारको वर्ष दिनको समीक्षा’ कार्यक्रममा विज्ञहरुले सरकारको ओलोचनासँगै उपलब्धिका विषयमा समेत आ–आफ्ना धारणा राखेका हुन् ।

पेभिलियन मिडिया हल दरबारमार्गमा भएको कार्यक्रममा सहभागी कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले सरकारको एक वर्ष दुई तिहाइको दम्भमै वितेको र उपलब्धिमूक कार्य केही गर्न नसकेको आलोचना गरे । उनले मुलुक रेमिट्यान्सबाट चलेको वर्तमान यथार्थलाई हुँदा हुँदै पनि मलेसिया रोजगारी अन्यौल बन्नु ओली सरकारको असफलता रहेको टिप्पणी गरे ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा गोविन्द राज पोखरेलले मुलुकको आर्थिक क्षेत्र चौपट बनेको बताए । त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले दुई तिहाइको सरकारलाई काम गर्ने पर्याप्त अवसर भएपनि अर्थतन्त्रमा सुधार हुन नसकेको टिप्पणी गरे ।

अर्थमन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलले सरकारले आर्थिक क्षेत्रका आधारहरु तयार गरेको र आगामी वर्षबाट परिणाम देखिन थाल्ने बताए । कार्यक्रममा आइएसएसआरका कार्यवहाक अध्यक्ष तथा अर्थविद् गोविन्द नेपालले नयाँ संरचनामा मुलुक गएको हुँदा सरकारले जनअपेक्षाअनुरुपको परिणाम दिन नसकेको तर्क गरे ।

कार्यक्रममा आईएसएसआरका निर्देशक डा. रवीन्द्रप्रसाद पाण्डेले सरकारले आर्थिक क्षेत्रमा अपेक्षित काम गर्न नसकेको बताए । आईएसएसआरका अर्थशास्त्री दधि अधिकारीले सरकारी आर्थिक अवस्था उत्साहजनक बनाउन नसकेको दाबी गरे ।

कार्यक्रममा अर्थविद् डा. विजय पौडेलले सरकारको एक वर्ष जग बसाल्नमै वितेकाले निरास भइहाल्नुपर्ने अवस्था नरहेको बताए । अर्थविद् डा. गोविन्द बहादुर थापाले सरकारको बचाउ गर्दै दुई तिहाईको सरकारले अहिले आधार बनाएको र आगमी दिनमा उपलिब्धि देखिने दाबी गरे । पूर्व सचिव पुरुषोत्तम ओझाले सरकारको आर्थिक उपलब्धि औसत रहेको बताए ।

कार्यक्रममा प्राध्यापक फत्तबहादुर केसी, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विश्व पौडेल, अर्थविद् डा. चन्द्रमणि अधिकारी, पूर्व सचिव डा द्वारिकानाथ ढुंगेल, पूर्व सचिव नरेन्द्रमान श्रेष्ठ, पूर्वसचिव विहारीकृष्ण श्रेष्ठ, व्यवसायी अखिलेश्वर प्रसाद सिंह, राजनीतिक विश्लेषक भरत दाहाल, सुरक्षाविद् तथा पूर्व सैनिक जर्नेल प्रेमसिंह बस्न्यात लगायतले सरकारको एक वर्षको समिक्षा गर्दै आ–आफ्ना धारणा राखेका थिए ।                                                                                                           तस्वीर– कृष्ण खत्री

कसले के भने भिडियो सहित

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम