दीपाश्रीलाई सन्दीप क्षेत्रीको झटारो – ‘हिट फिल्म बनाउन सक्ने ? श्रीमान् बनाउन नसक्ने?’ | Khabarhub Khabarhub

दीपाश्रीलाई सन्दीप क्षेत्रीको झटारो – ‘हिट फिल्म बनाउन सक्ने ? श्रीमान् बनाउन नसक्ने?’


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ दर्शकमाझ लोकप्रिय हुँदै गइरहेको छ । जितु नेपाल, दीपाश्री निरौला, राजाराम पौडेलको उपस्थिति सधै भइरहने यो ‘कमेडी शो’मा हरेक हप्ता नयाँ गेस्ट ल्याइन्छ ।

यो शोको पन्ध्रौं अंकमा जितु नेपालले अर्का हास्यकलाकार सन्दीप क्षेत्रीलाई आमन्त्रण गरेका थिए । उक्त शोमा सन्दीपले रमाइलो गरिरहेका थिए । सन्दीपले कुराका सिलसिलामा दीपाश्री निरौलालाई भने, ‘यो फिल्डमा हामीले अरु कसैलाई दिदी भन्दैनौँ, एउटा दीपा दिदी मात्र हो, जसलाई हामीले दिदी भन्छौँ ।’

दीपाश्रीले पनि जवाफ फर्काइन्, ‘दिदी दिदी भन्छ, भिनाजु खोज्न सक्दैन, बक्लोल !’

उनको जवाफपछि सन्दीपले फेरि भने, ‘हामी नै ठेक्का लिऊँ ? सुपरहिट फिल्म तिमी बनाउँछ, एउटा लोग्ने बनाउन सक्दैन ?’

उनको यो प्रत्युत्तरपछि एकछि हाँसो फैलियो । अझ सन्दीपले सय दिन मनाउने फिल्म बनाउने तर लोग्ने नबनाउने भन्दै व्यङ्ग्य गर्न भ्याए ।

निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला उमेरले चालीस कटे पनि बिहे भने गरेकी छैनिन् । बेलाबेलामा दीपाश्रीको बिहेबारे गसिप बनिरहन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : २२ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख